अनुमान भन्दा छ गुना बढी हाइड्रोसिलका बिरामी

hydroceleकाठमाडौँ, ७ जेठ –  सुदूरपश्चिमको जिल्ला कन्चनपुरमा अनुमान भन्दा छ गुना बढी हाइड्रोसिल (अण्डकोषमा पानी जम्ने अवस्था) का विरामी भेटिएको छ । जिल्लामा हाइड्रोसिलका विरामी ५ सय बढी नभएको अनुमान गरिएको थियो तर स्थलगत परीक्षण पश्चात सो सख्या ३ हजार ७० नाघेको छ । अझै कतिपयमा परीक्षण गर्न बाँकि नै छ ।

त्यस्तौ राजधानीसंग सिमाना जोडिएको अर्को जिल्ला धादिङमा परीक्षणका क्रममा १ हजार ४७० जनामा हाइड्रोसिल भएको पाइएको छ । अझै केही स्थानबाट रिपोर्ट आउन बाँकी नै छ । सो जिल्लामा तीन सयको हाराहारिमा हाइड्रोसिल छ भन्ने अनुमान थियो ।

स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले हाइड्रोसिल र हात्तीपाइले रोगको अवस्थाबारे एकीन जानकारी लिन दुई जिल्लामा पाइलटिङ गरेको छ । सोही क्रममा अनुमान गरेभन्दा निकै बढी केश पाइएको हो । महाशाखाका निर्देशक डा. बाबुराम मरासिनीले अनुमान गरेभन्दा निकै बढी केश भेटिएको बताए । ‘हामीले अनुमान गरेभन्दा झण्डै छ गुना केश भेटियो । यसले अवस्था भयावह भन्ने दर्शाउछ’ उनले भने ।

हात्तीपाइले रोगको एउटा लक्षण मानिने हाइड्रोसिलको खोजपडताल सहित सर्भेक्षणका लागि दुई जिल्लामा पाइलटिङ गरेको थियो । हात्तीपाइले रोग समेतको पाइलटिङका लागि महिला स्वास्थ्य स्वयंसेविका, सहित स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीहरुलाई घर घर पठाइएको छ ।
निर्देशक डा. मरासिनीले दुई जिल्लाको पाइलटिङ पछि अन्य बाँकि जिल्लामा पनि अनुसन्धान सुरु गरिने बताए ।

त्यसो त यसबर्ष देखि सरकारले उच्च हिमाली जिल्ला बाहेकका ६३ जिल्लाका ११ हजार जनाको निशुल्क हाइड्रोशिलको सल्यक्रिया गर्ने जनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *