२० प्रतिशत उपत्यकाबासी उच्च रक्तचापको जोखिममा, १५ प्रतिशतले औषधि खान्छन्

OLYMPUS DIGITAL CAMERA

काठमाडौँ, ५ जेठ – उपत्यकामा करीब २० प्रतिशतमा उच्चरक्तचापको जोखिम देखिएको छ । झण्डै उपत्यकाका १५ प्रतिशतले उच्चरक्तचाप नियन्त्रण गर्न औषधि खाने गरेका छन् । विश्व उच्चरक्तचाप दिवशको अवसरमा थापाथलिस्थित नर्भिक इन्टरनेशनल हस्पिटलल मंगलबार ( हिजो) उपत्यकाका विभिन्न १० स्थानमा निशुल्क शिविर राखि उच्चरक्तचापको परीक्षण गरेको थियो ।

सो क्रममा परीक्षणमा आएका ९९० जना मध्ये १९८ जना अर्थात २० प्रतिशतमा उच्चरक्तचापको जोखिममा थिए । १४८ जना अर्थात १५ प्रतिशतले उच्चरक्तचापको कुनै न कुनै औषधि खान सुरु गरेका थिए । ६५ प्रतिशत अर्थात ६४३ जना भने उच्चरक्तचापको जोखिमबाट मुक्त थिए ।

अस्पतालका नायव महाप्रवन्धक आरपी मैनालीका अनुसार थापाथलिस्थत नर्भिक परिषर सहित भाटभटेनी सुपरस्टोर – बालुवाटार, महाराजगञ्ज, पुल्चोक, सिटी सेन्टर, कमलपोखरी, सिभिल मल – सुन्धारा, नर्भिक हस्पिटल – थापाथली, थ्री स्टार क्लब – पाटन (ललितपर) , रेडिमेड मल – खिचापोखरी, सेलवेज – जावलाखेल र शेर्पा मल – दरबारमार्ग शिविर राखी रक्तचापको परीक्षण गरिएको थियो ।

परीक्षणमा पुरुष ५३३ जना (झण्डै ५४%) र महिला ४५७ जना (झण्डै ४६%) रहेका थिए । पुरुषको उमेर समूह १९ वर्षदेखि ६५ वर्ष थियो भने महिलाहरू १९ वर्षदेखि ५५ वर्षसम्मका थिए ।

जाँचिएका मध्ये अधिकांशको पेशा नोकरी थियो भने केही किसान लगायतका स्वरोजगार पनि थिए । उनीहरूको खाना खाने बानी सामान्य पाइता पनि खानामा चिल्लो/पिसो, रातो मासु, कहिलेकाहिँ मदिरा पान, तयारी खाना, शिशीको अचार र अधिकांश व्यक्तिहरू धुम्रपानका अम्मली पनि रहेका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *