स्वास्थ्य मन्त्रीको घोषणा : सातै प्रदेशमा ट्रमा सेन्टर, पूर्व र पश्चिममा क्यान्सर अस्पताल

 रामजनम चौधरी
रामजनम चौधरी

काठमाडौँ, ५ जेठ – स्वास्थ्यमन्त्री रामजनम चौधरीले सरकारले सातवटै प्रदेशमा एक एक वटा ट्रमा सेन्टर खोल्न लागेको बताएका छन् । उनले पूर्व र पश्चिममा एक एक वटा क्यान्सर अस्पताल समेत खोलिने जानकारी दिए । अहिले सम्म एउटा मात्रै ट्रमा सेन्टर सञ्चालित छ । त्यो पनि काठमाडौँमा ।

सुआहार कार्यक्रमको उपलव्धी सार्वजनिक गर्न आयोजित कार्यक्रममा बोल्दै मन्त्री चौधरीले सरकारले भर्खरै सुरु गरेको स्वास्थ्य बिमा कार्यक्रममा महिला स्वास्थ्य स्वयंसेविकाकालाई सहुलियत र उपचारमा पूर्ण निशुल्क हुने समेत बताए । उनले यी सबै कुरा अब आउने बजेटले सम्वोधन गर्ने दाबी समेत गरे ।

स्वास्थ्य सचिव शान्तबहादुर श्रेष्ठले जनताको स्वास्थ्यलाई सहज बनाउन कैलालीबाट स्वास्थ्य बीमा कार्यक्रम सुरु भएको भन्दै अब छिटै वागलुङ र इलामका जनताले सेवा पाउने बताए । उनले आगामी आर्थिक बर्ष भित्र थप १० जिल्ला र त्यसपछि क्रमस बाँकी जिल्लाहरुमा सो कार्यक्रम अघि बढाउने बताए ।

राष्ट्रिय योजना आयोगका शिक्षा र स्वास्थ्य हेर्नुहुने सदस्य प्राडा गीताभक्त जोशीले आमा र बालबालिकाको स्वास्थ्य र पोषणमा सुधार ल्याउन सरकारले बहुक्षेत्रीय पोषण योजना कार्यन्वयन गरिराखेको चर्चा गर्दै सुआहारको प्रतिफल र उपलब्धि सकारात्मक देखिएको बताए ।

बालस्वास्थ्य महाशाखाका प्रमुख डा राजेन्द्र पन्तले गर्भवती भएपछि शिशु दुईवर्ष नहुञ्जेलसम्म पोषणको विशेष महत्व हुने हुँदा स्वास्थ्य मन्त्रालयले गर्भवती महिलालाई ध्यानमा राखी विशेष कार्यक्रम सञ्चालन गरिराखेको जानकारी दिए ।

सुआहार कार्यक्रमका उपप्रमुख पुजा पाण्डे राणाले विशेष गरी गर्भवती महिला र दुई वर्षमुनिका बालबालिकाको पोषणस्थितमा सुधार ल्याउन कार्यक्रम नमुना बनेको चर्चा गर्दै यसले स्थानीयस्तरको आनिबानिमा सुधार आएको बताइन् ।

अमेरिकी अन्तर्राष्ट्रिय विकास सहयोग नियोगका अन्तर्राष्ट्रिय कार्यक्रम उपाध्यक्ष डाइला के मेयरस र कामु मिसन निर्देशक एमी टोहिल स्टुलले पहिलो चरणको सुआहारका कार्यक्रमबाट सिकेका उपलब्धिलाई ध्यान दिँदै दोस्रो चरणको कार्यक्रम कार्यन्वयनमा आउने जानकारी दिइन् ।

‘सेभ दि चिल्डे«न’का नेपाल निर्देशक डेलाइलाह बोरजाले सामाजिक र आर्थिक समृद्धिका लागि पोषण सुधारमा ध्यान दिनुपर्छ भनिन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *