यी हुन् आलूबखराका लाभदायी गुण

aalubakhara

झट्ट हेर्दा गोलभेंडा जस्तो आकारको देखिने आलूबखरा एक मौसमी फल हो । यो बिशेष गरी बैशाख जेठको समयमा पाक्ने गर्छ र बजारमा पाउन सकिन्छ ।

यसको सेवनले शरीरलाई चाहिने आवश्यक पोषक तत्वहरु प्राप्त हुन्छ । त्यसैले यसको सेवन गर्नु स्वास्थ्यका लागि लाभदायी हुन्छ ।

आलूबखराका लाभदायी गुणहरु :

१. १०० ग्राम आलूबखरामा लगभग ४६ क्यालोरी हुन्छ जसले शरीरको तौल नियन्त्रण गर्न मद्दत गर्छ ।

२. यसको नियमित सेवनले शरीरलाई चाहिने आवश्यक पोषक तत्व प्राप्त गर्न सकिन्छ ।

३. यसमा प्रशस्त मात्रामा फाइबर हुन्छ । जसले शरीरका बिभिन्न अंगहरुलाई क्रियाशिल बनाउन मद्दत गर्नुका साथै पाचन क्रियालाई मजबुत बनाउँछ ।

४. आलूबखराको नियमित सेवनले पेट सम्बन्धी समस्या बाट मुक्ति मिल्नुका साथै कब्जियत हुनबाट बचाउँछ ।

५. यसमा भएको भिटामिन सी, ए तथा बिटा क्यारोटिनले आँखालाई तेजिलो बनाउनुका साथै त्वचा स्वस्थ राख्नमा मद्दत गर्छ ।

६. यसको नियमित सेवन गर्नाले उच्च रक्तचाप तथा हृदय रोगको सम्भावनालाई कम गर्छ । साथै शरीरमा कोलेस्ट्रेरोलको मात्रा नियन्त्रण गर्न मद्दत गर्छ ।

७. यसको सेवनले महिलामा हुन स्तन क्यान्सरबाट बचाउनुका साथै ट्यूमर बढ्नबाट रोक्छ ।

८. आलूबखरा नियमित सेवनल गर्नाले तथा यसको गुदी मुहारमा लगाउनाले मुहारमा प्राकृतिक चमक आउनुका साथै त्वचामा आवश्यक पोषक तत्व पैदा गर्छ ।

९. यसमा एन्टीअक्सिडेन्ट नामक तत्व हुन्छ जसले त्वचाका साथै मस्तिष्क स्वस्थ राख्छ र मानसिक तनाव कम गर्न मद्दत गर्छ ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *