अमेरिकामा ६४ बर्षीय पुरुषको लिङ्ग प्रत्यारोपण

ma1

एजेन्सी – क्यान्सरको कारण लिङ्गगुमाएका एक व्यक्तिको सफलतापूर्वक लिङ्ग प्रत्यारोपण भएको छ । अमेरिकाको मासाचुसेट्स जनरल हस्पिटलमा ६४ बर्षीय थोमस म्यानिङ्को लिङ्ग प्रत्यारोपण गरिएको हो ।

चिकित्सकहरुले गत मे ८ र ९ का दिन १५ घण्टा लामो सर्जरी पश्चात लिङ्ग प्रत्यारोपण गरेका थिए । प्रत्यारोपणका लागि एक मृत व्यक्तिबाट लिङ्ग झिकिएको थियो । यद्धपी ती मृत व्यक्तिको पहिचान खुलाइएको छैन् ।

प्रत्यारोपण पछि प्रतिक्रिया दिँदै ६४ बर्षीय म्यानिङ्ले आफू पहिले जस्तै हुन चाहेको बताए । उनले सल्यक्रिया पछि पनि आफूलाई खासै दुखाई वा पिडा नभएको बताए । चिकित्सकहरुले घाइते भएर लिङ्ग गुमाएका लडाकुलाई गर्ने उपचारको पूर्व अनुसन्धानको रुपमा यो सर्जरीलाई लिइएको बताएका छन् ।

सर्जरी समूहका प्रमुख डा. कर्टिस एल सेट्रुलो भन्छन्, ‘योजना अनुरुप भएमा केही म्यानिङ्ले लिङ्गबाटै केही हप्ता भित्र पिसाव गर्न र केही महिना भित्र यौनसम्पर्क गर्न सक्नेछन् ।’

अस्पतालले यस्तो सल्यक्रिया गर्न करीब ५० देखी ७५ हजार अमेरिकी डलर खर्च लाग्ने बताएको छ । तर म्यानिङको लिङ्ग प्रत्यारोपण अस्पतालले निशुल्क गरेको हो ।

यो भन्दा अगाडि संसारभरमै केवल दुईवटा लिङ्गप्रत्यारोपण गरिएको थियो । पहिलो पटक सन् २००६ मा एक चिनिया व्यक्तिमा लिङ्ग प्रत्यारोपण गरिएको थियो तर सो प्रत्यरोपण असफल भयो । तर सन् २०१४ मा साउथ अफ्रिकामा गरिएको प्रत्यारोपण भने सफल भएको थियो ।

manung

अहिले प्रत्यारोपण गरिएका म्यानिङ्को लिङ्गमाथि सन् २०१२ मा एक ठूलो सामान खसेर चोट लागेको थियो । फल स्वरुप लिङ्गको आकार विस्तारै बढ्दै गयो । परीक्षण पछि म्यानिङ्लाई पेनाइल क्यान्सर भएको पत्ता लाग्यो । चिकित्सकहरुले जीवन रक्षाको लागि उनको लिङ्गको धेरैजसो भाग काटेर फालिदिए ।

सर्जरी पछि म्यानिङ्लाई पिसाबगर्न बस्नुपर्ने अवस्था आयो । एकल जीवन बिताइरहेका र त्यस माथि लिङ्गको धेरैजसो भाग गुमाएका म्यानिङ्मा यौनसम्पर्कको कुनै सम्भावना रहेन् । त्यतिवेला अस्पतालबाट डिस्चार्ज हुनुपूर्व म्यानिङ्ले लिङ्ग प्रत्यारेपण बारे चिकित्सकहरुसंग परामर्श लिएका थिए । तर त्यतिबेला यो सम्भावना अत्यन्तै कम थियो । करीव ३ वर्षपछि म्यानिङ्लाई अस्पतालबाट चिकित्सकको फोन आयो । चाहेमा लिङ्ग प्रत्यारोपण गर्न सक्ने बताए ।

म्यानिङ् उत्साहित हुँदै अस्पताल पुगे । चिकित्सकहरुले परीक्षण सुरु गरे । प्रत्यारोपणको लागि म्यानिङ्गको रगत समूह र छालाको टोनसंग मिल्ने लिङ्ग पाइयो । फलस्वरुप लिङ्ग प्रत्यारोपण सफलतापूर्वक सम्पन्न भयो । सर्जरी पछि अहिले म्यानिङ्को सुधार भइरहेको छ । स्वस्थ र पहिलाजस्तै भएर जीवस्थापितगर्ने चाहना रहेको उनी बताउँछन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *