सभामुख घर्तीको पत्थरीको सफल शल्यक्रिया

- नेपाली हेल्थ

onsari

काठमाडौं, ३ जेठ – व्यवस्थापिका संसद्का सभामुख ओनसरी घर्ती मगरको पित्तथैलीमा रहेको पत्थरीको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको छ ।

ललितपुरको धापाखेलस्थित सुमेरु अस्पतालका डा. डिभी कार्कीले सभामुख घर्तीको पित्तथैलीमा रहेको पत्थरीको सफल शल्यक्रिया गरेका हुन् । पत्थरीको आकार बढ्दै गएपछि केही दिन यता सभामुख अस्वस्थ भएकी थिइन् ।

सोमबार बिहान अस्पताल भर्ना भएकी सभामुख घर्तीलाई चिकित्सकहरुले केही दिन अस्पतालमै आराम गर्न सुझाव दिएको उनका प्रेस सल्लाहकार बविन शर्माले जानकारी दिएका छन् ।


Facebook Comment


थप समाचार