एउटा लामखुट्टेको टोकाई जीवनभरलाई अभिसाप

h1

एजेन्सी – केवल एक लामखुट्टेको टोकाई ब्राजिलको एक व्यक्तिका लागि जीवनभरलाई अभिशाप भएको छ । २० वर्ष अघि लामखुट्टेको टोकाईले गर्दा अहिले राइमुन्डोलाई लिम्फ्याटिक फिलारिएसिसले छोएको छ । यसलाई इलोफ्यान्टाइसिस अर्थात हात्तिपाइले रोगको नामले समेत चिनिन्छ ।

h2

राइमुन्डो त्यतिबेला देखि आफ्नो देब्रे खुट्टा दिनहुँ बढेको हेरिराखे र समय बित्दै जाँदायसले हात्तिको खुट्टाको रुप लियो । यसले गर्दा उनी हिँड्न नमिल्ने अवस्थामा पुगे ।

यो रोग लाग्दा शरीरको लिम्फ्याटिक प्रणालीमा आक्रमण गर्छ र केही समयको अन्तरालमै लार्भा बन्ने र बिकसित हुने गर्छ । जसले खुट्टा तथा यौनाङ्ग आदि सुन्निने हुन्छ । त्यस्तै संक्रमणले मिर्गौला र लिम्फनोडमा पनि आक्रमण गर्छ ।

h3

देब्रे खुट्टा हात्तीको जस्तो बनाएका राइमुन्डो अहिले भने साउनो जोस रियो प्रेटो अस्पतालमा उपचार गराइरहेका छन् । अस्पतालले उपचारको केही हप्ताभित्रै खुट्टाको आकार एकदमै धेरै घटाउन सफल भएको दावी गरेको छ ।

h4

एकचोटी संक्रमण भइसकेपछि यसलाई रोकथाम र उपचार गर्न गाह्रो हुने हुँदा यसलाई लाइफ सेन्टेन्स जीवनभरको सजायको रुपमा लिइन्छ ।
हात्तिपाइलेको संक्रमण खासगरी अफ्रिका, मध्य तथा दक्षिण अमेरिका, दक्षिण एसिया आदिमा बढी देखिएको छ ।

h5

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *