सरकारी अनुदानका लागि ४८ सामुदायिक अस्पतालको निवेदन

mohp

काठमाडौँ २ जेठ – यसबर्ष ४८ वटा सामुदायिक अस्पतालले सरकारी अनुदानका लागि स्वास्थ्य मन्त्रालयमा निवेदन हालेका छन् । हालेका छन् । मन्त्रालयले गत १७ देखी ३१ बैशाख सम्मको मिति राखेर उपत्यका बाहिरका सामुदायिक अस्पताललाई मात्रै अनुदानका लागि आवहान गरेको थियो ।

मन्त्रालयका लेखा अधिकृत सुरेश शर्माले नवलपरासी, कास्की, लमजुङ, रौतहट, रुपन्देही, बारा, मकवानपुर, गोरखा, सिन्धुली, दाङ, बाँके र कैलालीलगायत सामुदायिक अस्पतालले अनुदानका लागि निवेदन दिएको बताए । उनले आगामी मंगलबार देखि निवेदनको छानविन तथा मूल्यांकन हुने जानकारी दिए ।

अघिल्ला बर्ष पहुचका आधारमा अस्पतालले जतिसके बढी रकम लैजाने गर्दथे । त्यसमा निजी देखी नेताका नाममा खुलेका सामुदायिक तथा सहकारी अस्पताल पर्दथ्यो । यसपटक अस्पताल अनुदान मापदण्ड बनेपछि पहुँचले मात्रै नहुने भएको छ । ‘त्यसैकारणले यसबर्ष नयाँ अस्पतालहरुको निवेदन बढी आयो र धेरै कम पनि आयो,’ मन्त्रालयका उपसचिव लिला पौडेलले बताए ।

मन्त्रालयले यस वर्ष सामुदायिक अस्पतालका लागि अनुदान दिन करिब रु ५० करोड रकम छुट्याएको छ । निर्देशिकाले यस वर्षको अनुदान एकमुष्ट रूपमा वितरण गर्ने स्पष्ट पारेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *