कपाल कालो बनाउने घरेलु उपाय

hair1

१. कालो कफि  :

कालो कफिलाई कपालमा लगाएर केही समयसम्म राख्ने र सफा पानीले धूने गर्नाले कपाल प्राकृतिक रुपमा कालो बन्दै जान्छ । यो तरिका केही हप्तासम्म गर्नाले कपाल कालो हुनुका साथै सुन्दर र मुलायम हुन्छ ।

२. अमला :

कपालमा अमलाको प्रयोग परापूर्वकाल देखिनै हँुदै आएको पाइन्छ । अमला भिटामिन सी को प्रमुख स्रोत पनि हो । अमलालाई पानीमा उमालेर पेस्ट बनाई कपालको जरामा लगाउनाले कपाल कालो हनुका साथै कपाल झर्नबाट रोक्छ र कपाललाई मजबुत बनाउँछ ।

३. चियापत्ति :

चिया हामीले पिउने गरिन्छ तर कपालमा भने यसको प्रयोग कमै भएको पाइन्छ । चियालाई पानीमा उमालेर त्यस पानीले कपाल धूने गर्नाले प्राकृतिक रुपमा कपाल कालो हुँदै जान्छ र कपाल स्वस्थ र चम्किलो तथा मुलायम देखिन्छ ।

४. मेहंदी :

मेहंदी प्राय सबैले प्रयोग गर्दै आएको हुनु पर्छ । यसले कपाललाई नरम, मुलायम बाक्लो तथा लामो बनाउन मद्दत गर्नुका साथै कपालमा चायाँ हुनबाट रोक्छ । मेहंदीमा त्रिफला, शिकाकाई, अमला, चिया, कालो कफिको मिश्रण हुनछ । जसले कपाल रुखो हुनबाट जोगाउँछ । मेहंदीलाई दहीमा घोलेर लगाउनाले अझ फाइदाजनक हुन्छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *