नर्सहरुको लाइसेन्स परीक्षामा अब लिखित संगै ‘प्राक्टिकल’ !

nepal nursing councilकाठमाडौँ, ३१ बैशाख – अध्ययनमा अब्बल तर प्रयोगात्मक अभ्यासमा कमजोर रहेका नेपाली नर्सहरुलाई लाइसेन्स प्राप्त गर्न समस्या हुने देखिएको छ । नेपाल नर्सिङ परिषद्ले लाइसेन्स अब लाइसेन्स परीक्षाका बेला लिखितसंगै प्रयोगात्मक अभ्यास( प्राक्टिकल) गराउने तयारी सुरु गरेपछि प्रयोगात्मक अभ्यास कम गरेका नर्सिङ विद्यार्थीलाई समस्या पर्ने भएको हो ।

यद्धपी परिषदले कहिले देखि यस्तो परीक्षा सुरुगर्ने भन्ने टुंगो लगाइसकेको छैन् । परिषदकि अध्यक्ष चन्द्रकला शर्माले परीक्षा प्रणालीमा परिवर्तन गर्ने भन्ने बारेमा आगामी बोर्ड बैठकबाट टुंगो लाग्नसक्ने बताइन् ।

यसअघि नेपाल नर्सिङ संघले नर्सहरुको गुणस्तर सुधारका लागि भन्दै लाइसेन्स परीक्षाका बेला लिखितसंगै प्रयोगात्मक अभ्यास गराउन परिषदसंग माग गरेको थियो । परिषद्ले पनि संघको मागलाई सकारात्मक रुपमा लिदैँ छलफल अघि बढाएको जनाएको छ ।

परिषद्का अध्यक्ष शर्माले नर्सिङ पेशालाई गुणस्तरीय बनाउन यस्तो तयारी गर्न लागेको बताइन् । ‘हामीलाई पनि परीक्षाका बेला प्रयोगात्मक गराउनुपर्छ कि भन्ने विषय खड्किएको थियो । त्यहि विषय नर्सिङ संघले समेत राखेको छ । त्यसैले अव हामीले छलफल गर्दैछौँ । कहिले देखी यस्तो परीक्षा लिने भन्ने मितिको टुंगो बोर्ड बैठकले गर्नेछ ।’

उनले विद्यार्थीहरुलाई कलेजमै लगेर नमूना अभ्यास(सिम्वुलेसन) गराउने तयारी भएको बताइन् । ‘विरामीलाई नै अगाडी राखेर प्रयोगात्मक अभ्यास गराउने कुरा भएन्, उनीहरुलाई सिम्वुलेसन प्रक्रियामा सहभागी गराउन सकिन्छ । हाम्रो सोच पनि त्यहि हो ।’

नर्सिङ संघ कि अध्यक्ष तारा पोखरेलले प्रयोगात्मक अभ्यासबाट खारिनुपर्ने नर्सहरुलाई कम प्रयोगात्मक अभ्यास गराइएको र गुणस्तर समेत खस्केको गुनासो बढ्न थालेपछि लाइसेन्सका लागि प्रयोगात्मक अनिवार्य गर्नुपर्ने विषय उठेको बताइन् ।उनले नेपालमा अध्ययन गरेका भन्दा विदेशमा अध्ययन गरेका नर्सिङ विद्यार्थीको प्रयोगात्मक अभ्यास कमजोर रहेको बताइन् ।

‘नर्सिङ पढेका कतिपय विद्यार्थीहरुले सूई लगाउन समेत नसक्ने गरेको पाइयो त्यसैले लाइसेन्स परीक्षा प्रणालीलाई परिवर्तन गर्न खोजेका हौँ’ नेपाली हेल्थसंग अध्यक्ष पोखरेलले भनिन् ।

पछिल्लो समय नेपालमा बर्षेनी ४ हजार पिसिएल नर्स, विएस्सी बीएन गरेर २ हजार र अनमी २ हजार उत्पादन हुने गरको छ ।
परिषदले भने आफूकहाँ हालसम्म ३५ हजार नर्स र २५ हजार अनमी दर्ता भएको जनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *