‘स्वास्थ्य बीमाले ठूला रोग लाग्ने सम्भावनालाई नै दूर गर्छ’

डा. गुणराज लोहनी कार्यकारी निर्देशक सामाजिक स्वास्थ्य सुरक्षा विकास समिति
– डा. गुणराज लोहनी, कार्यकारी निर्देशक सामाजिक स्वास्थ्य सुरक्षा विकास समिति

कैलालीका जनताले १ जेठ देखि स्वास्थ्य बीमा बापतको उपचार सेवा पाउने भनिएको छ ? कति जनताले यो सेवा पाउछन ?

हो, हामीले चैत महिना भर दर्ता भएका ४ सय घर धुरीका २ हजार जनाको उपचार आगामी १ जेठ देखि सुरु गर्ने तयारी गरेका छौँ । बैशाख देखी असार सम्म दर्ता हुनेहरुका लागि भने आगामी भदौ देखि मात्रै सेवा सुरु हुनेछ । त्यसैगरी क्रमश जिल्लाका सबै करिब ९ लाख जनता समेटिन्छन् । सबैलाई दर्तामा ल्याउन समय लाग्ने भएकोले सेवा पनि सोही अनुसार समेटदै लैजाने तयारी छ ।

स्वास्थ्य बीमाका लागि नाम दर्ता गरेपछि सम्पूर्ण उपचार नि:शुल्क हो ?

यसलाई यसरी बुझौँ , स्वास्थ्य बीमामा सहभागी हुने व्यक्तिले बार्षिक रुपमा ५० हजार रुपैयाँ सम्मको उपचार गर्न पाउँछ । हामीले एउटा परिवारमा ५ जना सदस्य हुन्छन् भन्ने मान्यता राखेका छौँ । त्यस अनुसार एउटा परिबारले बार्षिक २ हजार ५ सय रुपैयाँ प्रिमियम तिर्नुपर्छ । पाँच भन्दा बढी परिबार छन भने प्रति सदस्य ४५० रुपैयाँ तिर्नुपर्छ र उसको परिबारले थप १० हजार बढी रकम बराबरको उपचार सहुलियत पाँउछ । यो रकम प्राय सबैखाले रोगको उपचारमा प्रयोग हुन्छ । यद्धपी केही अपवात भने छन्, जसको खर्च बीमाले समेटदैन् ।

स्वास्थ्य बीमामा सहभागी हुने व्यक्तिले बार्षिक रुपमा ५० हजार रुपैयाँ सम्मको उपचार गर्न पाउँछ । हामीले एउटा परिवारमा ५ जना सदस्य हुन्छन् भन्ने मान्यता राखेका छौँ । त्यस अनुसार एउटा परिबारले बार्षिक २ हजार ५ सय रुपैयाँ प्रिमियम तिर्नुपर्छ । पाँच भन्दा बढी परिबार छन भने प्रति सदस्य ४५० रुपैयाँ तिर्नुपर्छ र उसको परिबारले थप १० हजार बढी रकम बराबरको उपचार सहुलियत पाँउछ । यो रकम प्राय सबैखाले रोगको उपचारमा प्रयोग हुन्छ ।

बीमाले समेटन नसक्ने स्वास्थ्य समस्या के के हुन् ?

जस्तै प्लास्टिक सर्जरी गर्नका लागि बीमाले सपोर्ट गर्दैन् । त्यस्तै महंगा चस्माको खरीद पनि बीमाले गर्दैन । ५ सय भन्दा बढी मुल्यका चस्माको पैसा बीमाले तिर्दैन् । दाँत भर्ने, दाँतमा तार हाल्ने, सेक्स तथा कस्मेटिक सर्जरी तथा इम्प्लान्ट, कानमा लगाउने सुन्ने महंगा मेसिन पनि बीमाको सहुलियतमा पर्दैन् । त्यसबाहेक पुलिस केस परी चोटपटक लागेका केशहरु जस्तै रक्सी खाएर झगडा गरी कुटाकुट गरी घाइते भएकाहरुको पनि बीमाले समेटदैन् ।

स्वास्थ्य बीमामा गरिबहरुका लागि प्रिमियम सरकारले तिर्ने भन्ने कुरा आएको थियो, तर अहिले सबैलाई पुरै प्रिमियम तिर्न लगाइएको सुनिएको छ , के हो ?

हो, गरीबका लागि प्रिमियममा केही छुट हुने नै छ । तर गरीब प्रमाणित गर्ने वा कार्ड वितरण गर्ने काम गरिबी मन्त्रालयको हो । कैलालीमा अहिले गरीब तथा विपन्न भनेर कार्ड वितरण भइसकेको अवस्था छैन् । त्यसैले अहिलेलाई हामीले पुरा प्रिमियम उठाएका छौँ । कार्ड आउने वित्तिकै हामीले दिनुपर्ने सहुलियत दिन्छौँ । तर के पनि भुल्नु हुँदैन भने ५० हजारका लागि एउटा व्यक्तिको दैनिक हुने खर्च भनेको १ रुपैयाँ ३६ पैसा मात्रै हो । त्यसैले यो रकम ठूलो पनि होइन ।

बीमा गरेका व्यक्तिले कहाँ कहाँ बाट कसरी उपचार पाँउछ ?

स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य केन्द्र, जिल्ला अस्पताल, अञ्चल अस्पताल, क्षेत्रीय अस्पताल हुँदै केन्द्रीय अस्पतालसम्म आउनुपर्छ । पहिलो विन्दु प्राथमिक स्वास्थ्य केन्द्र तोकेका छौँ । त्यहाँबाट नहुने भएमा मात्रै त्यसमाथिका अस्पतालमा पुग्नुपर्छ । तर एकैपटक माथि गयो भने त्यसमा पाउने सहुलियतमा कटौती हुनेछ ।

प्लास्टिक सर्जरी गर्नका लागि बीमाले सपोर्ट गर्दैन् । त्यस्तै महंगा चस्माको खरीद पनि बीमाले गर्दैन । ५ सय भन्दा बढी मुल्यका चस्माको पैसा बीमाले तिर्दैन् । दाँत भर्ने, दाँतमा तार हाल्ने, सेक्स तथा कस्मेटिक सर्जरी तथा इम्प्लान्ट, कानमा लगाउने सुन्ने महंगा मेसिन पनि बीमाको सहुलियतमा पर्दैन् । त्यसबाहेक पुलिस केस परी चोटपटक लागेका केशहरु जस्तै रक्सी खाएर झगडा गरी कुटाकुट गरी घाइते भएकाहरुको पनि बीमाले समेटदैन् ।

५० हजार रुपैयाँ सम्म जनताले खर्च गर्न सक्छन्, त्यो भन्दा महंगा रोगका लागि बीमा भएपो सार्थकता हुनिथियो, लाखौँ खर्च हुने रोगमा बीमा नै छैन भन्ने गुनासो पनि सुनिन्छ नि ?

हो, गुनासो मैले पनि सुनेको छु । कतिपय कोणबाट गुनासो जायज पनि होला । तर बीमा कार्यक्रमको उदेश्य अहिले रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्नै नदिनु हो । स्वास्थ्य प्रति सचेत बनाउनु हो । जिम्मेबार बनाउनु हो । हामी हरेक बर्ष हरेक सदस्यको जनरल हेल्थ चेकअप गर्छौँ , त्यसमा प्रेसर, सुगर देखी अन्य टेष्टहरु गरिन्छ । जसबाट मानिसलाई रोग लाग्न थालेको रहेछ वा छैन भन्ने बारेमा एकिन हुन्छ । रोग लाग्न थालेको रहेछ भने पनि यो परीक्षणले छिटो पत्ता लाग्छ र समयमै उपचार हुनसक्छ । त्यसैले बीमा कार्यक्रमले ठूला रोगलाई राहत भन्दा पनि रोग लाग्नै नदिने बाताबरणको सिर्जना अर्थात छिटो पत्ता लागोस भन्ने हो ।’यसरी बुझौँ, स्वास्थ्य बीमाले ठूला रोग लाग्ने सम्भावनालाई नै दूर गर्छ’

स्वयंसेविकाहरुलाई प्रिमियममा ५० प्रतिशत सहुलियत दिने भन्ने कुरा आएको थियो नि ? के भएको छ ?

हामीले महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई केही राहत दिउ भनेर यो प्रस्ताव उठाएर निर्णयार्थ पेश गरेका छौँ तर अहिलेसम्म यसको टुंगो लागेको छैन् । अर्थात पारित भइसकेको छैन् । यो मात्रै होइन, पहिलो विन्दु अर्थात प्राथमिक स्वास्थ्य केन्द्रमा नगई एकैपटक माथिल्लो स्तरको अस्पतालमा पुग्नेहरुलाई ५० प्रतिशत आफैले तिर्नुपर्ने प्रस्ताव समेत निर्णयार्थ पेश गरेका छौँ । त्यसको पनि टुंगो लाग्न बाँकि छ ।

तर के पनि भुल्नु हुँदैन भने ५० हजारका लागि एउटा व्यक्तिको दैनिक हुने खर्च भनेको १ रुपैयाँ ३६ पैसा मात्रै हो । त्यसैले यो रकम ठूलो पनि होइन ।

अब कैलालीको कुरा गरौँ न ? त्यहाँको जनसंख्या कति छ ? १ जेठ देखी कतिजनाले सेवा पाउछन ?

कैलालीमा करीब ९ लाख जनसंख्या छ । तर चैत महिनामा झण्डै २ हजार व्यक्ति मात्रै दर्ता भएका छन् । त्यसैले जेठ महिना देखी २ हजार व्यक्तिले ५० हजार सम्मको सुविधा पाउछन् । र बैशाख देखी असार सम्म दर्ता भएकालाई भदौबाट सेवा दिने तयारी हुँदैछ । साउन देखी असोजसम्म दर्ता हुनेले मंसिरबाट सेवा पाउछन् । अर्थात चक्रबृत्ति रुपमा हामीले सेवा प्रारम्भ गर्दौछौँ ।

बाग्लुङ र इलाममा चाहि बीमा कहिले देखि सुरु गर्ने तयारी छ ?

कैलाली पछि बीमा सुरु हुने दोस्रो जिल्ला बाग्लुङ हो । कैलालीमा सेवा प्रारम्भ हुनासाथ बाग्लुङमा नाम दर्ता हुन्छ । अर्थात असारमा नाम दर्ता गरेर भदौ देखी बाग्लुङमा सेवा प्रारम्भ गर्ने तयारी छ । त्यहाँ सुरु भएको अर्को महिना देखी नै इलाममा नाम दर्ता सुरु हुन्छ र मंसिर १ देखी त्यहाँ पनि स्वास्थ्य सेवा प्रदान हुन्छ । मंसिर पछिको बाँकी आर्थिक बर्षमा छानिएका १० जिल्लामा सुरु हुनेछ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *