मिर्गौला डायलासिस आजिवन नि:शुल्क गर्ने सरकारी निर्णय कति ठिक ?

dr pukar copyकाठमाडौँ ३० बैशाख – सरकारले मिर्गौला फेल भएका व्यक्तिलाई आजिवन निशुल्क डायलासिस गर्ने निर्णय गरेको छ । मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्रीले मिर्गौला विरामीका लागि अप्रत्यासित तर अत्यन्तै लोकप्रिय निर्णय गरेका छन् । तर यस क्षेत्रका विज्ञहरुले भने निर्णयले प्रत्यारोपण गर्नै पर्ने बाध्यतालाई खुकुलो महसुस गर्नसक्ने टिप्पणी गरेका छन् । उनीहरुले डायलासिस संगै मिर्गौला प्रत्यारोपणलाई झनै प्रोत्साहन दिन पाएको भए अझ राम्रो हुने बताउछन् ।

मानवअंग प्रत्यारोपण केन्द्रका निर्देशक डा. पुकारचन्द्र श्रेष्ठ मिर्गौलाफेल भएका विरामीका डायलासिस निशुल्क गर्ने फैसला आफैमा राम्रो भएपनि यसले केही समस्या उल्झाउनसक्ने संकेत गर्छन् । उनले डायलासिसलाई भन्दा बढी जोड मिर्गौला प्रत्यारोपणका लागि दिइनु राम्रो हुने तर्क गरे ।

‘केही समयमा लागि डायलासिस निशुल्क गर्नु राम्रो हो तर आजिवन निशुल्क गर्दा प्रत्यारोपण तर्फ मान्छेको सोच लाग्दैन कि ?’ उनी अगाडी थप्छन्, ‘डायलासिस गर्ने व्यक्ति सधै विरामी हुन्छ तर प्रत्यारोपण गरेपछि मानिस स्वस्थ हुन्छ । त्यसकारण व्यक्तिलाई विरामीमै राख्नुभन्दा स्वस्थ बनाउनु महत्वपूर्ण हो ।’  उनले छिटो प्रत्यारोपण गर्नेका लागि थप सहुलियत दिने निर्णय गरेको भए अझ राम्रो हुने बताए ।

त्रिवि शिक्षण अस्पतालका मिर्गौला रोग विशेषज्ञ डा. दिव्यासिंह शाहले सरकारको निर्णय बाध्यात्मक भएको बताइन् । ‘अहिलेसम्म दुई बर्ष निशुल्क डायलासिसको काम हुन्थ्यो तर त्यो अवधीमा प्रत्यारोपण गर्न नसकेका विरामीका लागि विजोक हुन्थ्यो । त्यसैले उनीहरुलाई बचाउनका लागि पनि सरकारलाई यो निर्णय गर्नु बाध्यता परेको हो ।’

उनले प्रत्यारोपण र डायलासिसबीचको तुलना नै हुन नसक्ने भन्दै प्रत्यारोपणका लागि प्रोत्साहन सबैपक्षबाट हुनुपर्ने बताइन् ।’प्रत्यारोपण भन्दा डायलासिस गर्ने व्यक्तिमा मर्नेसम्भावना १० गुणा बढी हुन्छ । त्यसैले डायलासिस समाधान होइन समाधान प्रत्यारोपण नै हो ।’

अर्का विशेषज्ञ डा. ऋषिकुमार काफ्ले भने सरकारको निर्णय ऐतिहासिक भएको बताउछन् । उनले दुई बर्ष डायलासिस गरेपछि अब के गर्ने भनेर आत्तिएका विपन्नका लागि यो निर्णयले ढुक्क बनाएको बताए । तर उनले पनि दीर्घजीवनका लागि प्रत्यारोपण नै विकल्प भएको भन्दै त्यसका लागि पनि अभिप्रेरित गर्नुपर्ने बताए ।

अमेरिकामा सन १९७२ मै निशुल्क डायलासिसको सुरुवात भएपनि दक्षिण एसियामा भने अहिलेसम्म कुनै मुलुकमा आजिवन डायलासिसको व्यवस्था भएको छैन । मिर्गौला फेल भएका जनतालाई आजिवन निशुल्क डायलासिस दिने निर्णय गर्ने नेपाल पहिलो राष्ट्र बन्न पुगेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

One thought on “मिर्गौला डायलासिस आजिवन नि:शुल्क गर्ने सरकारी निर्णय कति ठिक ?

  1. Decision itself is not bad. lots of private sector will come forward to provide the services . similarly the services outside the valley will definitely increases in coming days. Life will become quite comfortable. We always talk about kidney transplant but always forget to tell or explain the cost of post transplant expenses mainly for immuno- suppressants.

    Kidney failure is not only the health problem of Nepal. the trauma, Neuro trauma are other forgotten part of the health delivery condition. Last but the least; Burn injury : always neglected and the trauma of the poor people and bears lots of disability if nit treated properly. Who will talk for them.

    essential medical services for all nepali : it is not possible without general practitioner at least in every district hospital. It is also forgotten part. Safe motherhood, child health services are only possible once the government will be able to provide 2 GPs and one DA anesthesiologist in every district, and zonal hospital.

    we need work and service to those who can work for the nation first then to those who need better life and quality of life.
    May god Pashupati Nath save the life of remote areas. Thank you to every one residing in Nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *