मिर्गौला फेल भएकाको डायलासिस आजिवन नि:शुल्क

dailasis
फाइल तस्बिर

काठमाडौँ, ३० बैशाख – सरकारले मिर्गौला फेल भएका व्यक्तिका लागि मिर्गौला डायलासिस आजिवन रुपमा निशुल्क गर्ने निर्णय गरको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले सो निर्णय गरेको हो ।

यसअघि सरकारले विपन्न नागरिकका लागि दुई बर्षसम्म डायलासिस निशुल्क रुपमा उपलव्ध गराउदै आएको थियो । प्रत्येक हप्ताको दुई पटकका दरले दुई बर्षमा २०८ पटक निशुल्क डायलासिस गराउदा ५ लाख २० हजार बराबरको डायलासिस हुने गर्दथ्यो ।

केही बेरअघि नेपाली हेल्थसंग कुरा गर्दै स्वास्थ्य मन्त्री रामजनम चौधरीले मिर्गौला फेल भएका विरामीका लागि सरकारले निशुल्क डायलासिस सुविधा गर्ने निर्णय गरको बताए । उनले यसका लागि तत्काल कार्यविधि बनाई सम्वन्धीत अस्पतालमा यसको परिपत्र पठाउने र त्यसपछि यसको कार्यान्वयन हुने जानकारी दिए ।

डायलासिस निशुल्क गर्ने स्वास्थ्य मन्त्रालयको प्रस्ताव भने होइन । स्रोतका अनुसार मन्त्रीपरिषदमा सरकारकै तर्फबाट अत्यन्त जरुरी विषयको रुपमा प्रस्ताव पेश भयो र निर्णय भयो । स्वास्थ्य सचिव शान्तबहादुर श्रेष्ठले स्वास्थ्यबाट सो प्रस्ताव नगएको स्पष्ट पारे । ‘यो उतैबाट आएको निर्णय हो भन्ने मैले सुनेको छु । राम्ररी बुझ्न पनि पाएको छैन्, उनले भने ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *