नर्सको श्रम शोषणविरुद्ध आन्दोलन थाल्ने संघको चेतावनी

nursing day1

काठमाडौँ,  ३० बैशाख – नेपाल नर्सिङकी अध्यक्ष तारा पोखरेलले नर्सहरुलाई सम्मान सहित रोजगारका लागि पहल भइरहेको बताएकी छन् । विश्व नर्सिङ दिवशको अवसरमा नेपाली नर्सहरुलाई शुभकामना दिदै उनले यस्तो बताएकी हुन् ।

अस्वस्थताका कारण घरबाट निस्कनै नसकेकी पोखरेलले शुभकामना सन्देश जारी गर्दैै अवको आन्दोलन नर्स भोलन्टियर विरुद्ध केन्द्रीत हुने बताइन् । उनले विभिन्न स्वास्थ्य संस्थामा नर्सहरु भोलेन्टियर राख्ने प्रथा भएको भन्दै त्यसलाई तोडनका लागि संघले नेतृत्वदायी भूमिका खेलेको दावी गरिन् ।

उनले भनिन्, ‘अहिले हामी एकजुट भएर नर्स भोलेन्टियर प्रथा विरुद्ध आवाज उठाइरहेका छौँ । किनकी नर्सलाई शोषण गर्न पाइदैन् । यदि कोही नर्स शोषणमा परेको छ भने पनि संघमा जानकारी गराएमा सहयोग गर्न  तयार छौँ ‘ उनले भनिन् ।

नेपालमा करीब ६२ हजार नर्स छन् ।

nursing day

यसैबीच आज विश्व नर्सिङ दिवश नेपालमा पनि विविध कार्यक्रम गरि मनाइएको छ । दिवशकै अवसर पारी आज नेपाल नर्सिङ संघको अगुवाईमा विहान माइतीघर मण्डला देखी बसन्तपुरसम्म प्रभातफेरी कार्यक्रम आयोजना गरेको थियो । सो अवसरमा विभिन्न कलेजका नर्सिङ शिक्षक, विद्यार्थी तथा अस्पतालहरुमा कार्यरत नर्सहरुको सहभागीता थियो ।

विश्व नर्सिङ दिवसलाई अन्तर्राष्ट्रिय नर्स परिषद्ले सन् १९६५ देखि मनाउन थालेको हो । सन् १९७४ देखि चाहिँ फ्लोरेन्स नाइटिंगेलको जन्म दिनको अवसर पारेर १२ मे का दिन मनाउन थालिएको हो । तस्बिर :रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *