कैलालीमा जेठ, बाग्लुङमा भदौ, इलाममा मंसिरबाट बीमा बापतको स्वास्थ्य उपचार

mohpकाठमाडौँ, २९ बैशाख – सरकारले स्वास्थ्य बीमा गरेका कैलालीका २ हजार जनतालाई १ जेठ देखी स्वास्थ्य सेवा दिने भएको छ । कैलालीमा गत २५ चैत देखि स्वास्थ्य विमितहरुको नाम दर्ता सुरु भएको थियो ।

चैत महिनाभर दुई हजार व्यक्ति अर्थात ४ सय परिबारको नाम दर्ता भएकोले १ जेठ देखी उनीहरुले स्वास्थ्य सेवा पाउने हुन् । बैशाख देखी असारसम्म दर्ता हुनेहरुको स्वास्थ्य सेवा भने भदौ महिना देखि प्राप्त गर्नेछन् ।

सरकारले प्रतिव्यक्ति बार्षिक ५ सय प्रिमियम तिरेपछि बार्षिक रुपमा ५० हजारसम्मको औषधिउपचार गर्न सक्ने बीमाको व्यवस्था गराएको छ ।

यसैबीच कैलालीबाट सुरु भएको स्वास्थ्य बीमाको काम असार देखी बाग्लुङ जिल्लामा पनि सुरु हुने भएको छ । यद्धपी स्वास्थ्य सेवा भने १ भदौबाट सुरु हुने जनाइएको छ ।

बीमा कार्यक्रम सञ्चालन गर्ने निकाय स्वास्थ्य मन्त्रालय सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिले बाग्लुङमा सुरु भएको एक महिना पछि अर्थात असोज महिना देखी इलाममा पनि नाम दर्ता सुरु हुने र मंसिर देखि स्वास्थ्य उपचार सुरु गर्ने तयारी भएको जनाएको छ । कैलाली, बाग्लुङ र इलाम जिल्ला बीमा कार्यक्रमका लागि तीन बर्ष अघि नै छनौटमा परेका जिल्लाहरु हुन् ।

समितिका निर्देशक डा. गुणराज लोहनीले आगामी मंसिरपछि गतवर्ष छनौटमा परेका १० जिल्लाहरुमा बीमा कार्यक्रम सुरु हुने बताए । उनले भने, ‘मंसिरसम्म पुरानै जिल्लाहरुमा हामी कार्यक्रम सुरु गर्छौँ त्यसपछि गतवर्षका जिल्लाहरुमा कार्यक्रम प्रारम्भ हुन्छ ।’

निर्देशक डा. लोहनीले स्वास्थ्य प्रति जनता जागरुक होउन भन्नका लागि कार्यक्रम सुरु गरिएको बताए । ‘यो रकम त्यति धेरै होइन, तर समय समयमा हुने जनरल हेल्थ चेकअपले ठूला रोग लाग्नबाट बचाउन सक्छ वा समयमै रोग पहिचान हुनसक्छ,’ उनले भने ।

बीमा कार्यक्रमले आम सर्वसाधारणलाई लाग्ने प्राय सबैखाले रोगलाई समेटने प्रयास गरेको छ । तर केही उपचारमा भने सहयोग नहुने स्पष्ट पारेको छ । ‘जस्तो कि रक्सी खाएर झगडा गरि चोट लाग्यो भने त्यो उपचार बीमाले गर्दैन् । महंगा चस्मा, महंगा एयरफोन( कानमा सुन्न लगाउने यन्त्र), दाँत मिलाउन प्रयोग गर्ने महंगा तार, दाँत भर्ने, प्लास्टिक सर्जरी, इम्प्लान्ट आदिमा हामी सहयोग गर्दैनौँ,’ निर्देशक डा. लोहनीले भने ।

स्वास्थ्य बीमाका बारेमा उनीसंग गरिएको ताजा कुराकानी केही समयमा प्रकाशित गर्नेछौँ……..

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *