बजेट १ अर्ब १० करोड, खर्च १० करोड मात्रै !

medicines-l

काठमाडौँ (२८ बैशाख)- औषधि खरीदका लागि सरकारले छुट्याएको १ अर्व १० करोड रुपैयाँ चालु आर्थिक बर्षको १० महिना पुरा हुन लाग्दा झण्डै १० करोड खर्च भएको छ ।

स्वास्थ्य मन्त्रालयले ७० प्रकारका निशुल्क औषधि खरीदका लागि सो रकम छुट्याएको थियो । तर भूकम्पको राग सेलाउन नपाउँदै चर्केको मधेश आन्दोलन र भारतीय नाकाबन्दीले खरीद प्रक्रिया डामाडोल भएको सरकारी अधिकारीहरु बताउछन् ।

स्वास्थ्य सेवा विभाग पुर्नजागरण महाशाखाका अधिकृत बुद्धि पौडेल औषधि खरीद गर्न अनुकुल समय नहुँदा अप्ठेरो परेको बताए । उनले विशेषगरी भारतले गरेको अघोशित नाकाबन्दी र मधेश आन्दोलनका कारण औषधि खरीद प्रक्रियामा असहज भएको तर्क थियो । यद्धपी अधिकांश स्वास्थ्य संस्थामा अहिले निशुल्क औषधि उपलव्ध भएको उनको दावी छ ।

यता आपूर्ति व्यवस्था विभागका निर्देशक डा. भीमसिंह तिंकरीले पनि खरीद प्रक्रिया असहज भएको बताए । तर उनले आर्थिक बर्ष सकिदाँ सम्म ४० करोड रकम खर्च हुनसक्ने अनुमान गरे । ‘भूकम्पको असरले छाडेकै थिएन । देशैभर औषधि अभाव हुनेगरी नाकाबन्दी भयो । सरकारले दु्रत खरीद प्रक्रियाबाट अभाव भएका औषधि किन्ने निर्णय गरयो तर ८४ वटा औषधिका लागि टेन्डर आवहान गर्दा ४४ वटा औषधिका लागि मात्रै दरखास्त भयो । यस्तो अवस्थामा कसरी लक्ष्य हासिल हुन्छ ?’ उनले भने ।

डा. टिंकरीले पछिल्लो पटक ३४ वटा र ५४ वटा औषधिका लागि डेन्टर भएको र स्वीकृतिका लागि फाइल अघि बढेको बताए । ‘यो सबै गर्दा यो बर्षको अन्त्यसम्म ४० करोड खर्च होला कि ? बाँकी रकम त रकमान्तर हुन्छ होला’ उनले भने ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *