मधुमेहका बिरामीले के खाने ?

dibatis

मधुमेहरोगलाई नियन्त्रण गर्नको लागि स्वस्थ र ताजा खानेकुराको आवश्यकता पर्दछ ।

मधुमेहका बिरामीले ताजा फलफूलका साथै हरिया सागपात जस्ता खानेकुराहरु प्रशस्त मात्रामा खानु आवश्यक हुन्छ ।

त्यसैगरी भिटामिन ए, पोटासियम, म्याग्नेसियम, क्याल्सियम भएका खानेकुराहरु पर्याप्त मात्रामा खानु पर्दछ । जसले मधुमेहलाई नियन्त्रण गर्न मद्दत गर्छ ।

१. मधुमेहका बिरामीले प्रशस्त मात्रामा गेडागुडी खानु जरुरी हुन्छ । जसमा शरीरका लागि चाहिने प्रोटिन, फाइवर र म्याग्नेसियमको मात्रा हुन्छ ।

२. रोगप्रतिरोधात्मक क्षमतामा बृद्धि गर्नका लागि गोलभेंडा खानु आवश्यक हुन्छ । साथै यसमा आइरन भिटामिन ए, सी र इ पाइन्छ ।

३. मधुमेहका बिरामीले सखरखण्ड खानु राम्रो हुन्छ ।

४. बदामले शरीरलाई चाहिने चिल्लो पदार्थको मात्रा पूर्ति गर्छ । साथै बदाम खानाले मुटुलाई पनि फाइदा गर्छ ।

५. च्याउमा चिनीको मात्रा हुदैन , च्याउमा भिटामिन डि हुन्छ जसले कोलेस्टेरोल घटाउन मद्दत गर्छ ।

६. चिल्लो कम भएका दुधका परिकारहरु खानु उत्तम हुन्छ जसले हड्डी बलियो बनाउनमा मद्दत गर्छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *