काँचो केरा खानुका सात फाइदा

kara

केरा बिशेष गरी पाकेर वा पहेंलो भएपछि खाने चलन छ र पाकेको तथा पहेंलो केरा सबैले खाँदै आएका छौं र यसले शरीरलाई निकै फाइदा गर्छ ।

तर केरा काँचै खादा पनि त्यसले शररिलाई निकै फाइदा गर्छ भनेर तपाइँलाई थाहा नभएको पनि हुनसक्छ । साथै यसलाई तरकारी तथा अचारका परिकार पनि बनाएर खन पनि सकिन्छ ।

त्यसैले आउनुस् हेरौं काँचो केरा खाँदा हुने फाइदा :

१. काँचो केरामा प्रसस्त मात्रामा पोटाशियम हुन्छ जसले शरीरमा रोगसंग लड्नसक्ने क्षमता (रोगप्रतिरोधात्मक) को बिकास गर्छ ।

२. काँचो केरामा भिटामिमन बी ६, भिटामिन सी हुन्छ जसले शरीरलाई दिनभर फूर्तिलो बनाई राख्नमा मद्दत गर्छ ।

३. काँचो केराको नियमित सेवन गर्नाले यसमा भएको फाइबरले शरीरको तौल घटाउन मद्दत गर्छ ।

४. पेटसम्बन्धी समस्याबाट मुक्ति मिल्नुका साथै कब्जियत हुनबाट बचाउँछ ।

५. यसको सेवनले यसमा भएको पोषक तत्वले समय समयमा भोक लाग्ने समस्याबाट मुक्ति मिल्छ ।

६. यसको सेवनले मधुमेह रोगलाई नियन्त्रण गर्छ । र मधुमेह रोगीलाई निकै फाइदाजनक हुन्छ ।

७. काँचो केराको नियमित सेवनले शरीरमा पाचन क्रियालाई मजबुत बनाउँछ ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *