पेटमा जुका लाग्नबाट कसरी जोगिने ?

E1KHFK Artwork of an intestinal tapeworm.

मानिसलाई जुका लाग्नु भनेको उसको शरीरमा परजिवी पसेर पेटमा जुका पर्नु हो । मानिसलाई परजिवीबाट हुने रोगहरु मध्ये जुका नै सबैभन्दा धेरै लाग्ने रोग हो । यो धेरैजसो बिकासोन्मुख देशका मानिसहरुलाई लाग्दछ । किनभने बिकासोन्मुख देशमा ब्क्तिगत तथा वातावरणीय सरसफाइमा जनचेतनाको अभाव र गरिबीको कारणल् यो रोग लाग्ने र कहिलेकाँही महामारीको रुप पनि लिन सक्छ । यो जुनसुकै उमेर समूहका मानिसलाई लाग्ने रोग हो । तर बिशेषगरी बच्चहरुलाई बढी लाग्ने भएकाले बच्चको आमाबाबुले बिशेष ध्यान दिनु जरुरी हुन्छ ।

कसरी लाग्छ जुका ?

ब्यक्तिगत र वातावरणीय सरसफइ नभएमा यो रोग लाग्छ ।
जथाभाबी, जहाँ पायो त्यहीँ दिसा गर्ने गरेमा
राम्ररी साबुन पानीले हात नधोएमा
काँचो खानेकुरा राम्ररी धोइपखाली गरी नखाएमा
जुत्ता नलगाइ नाङगो खाली खुट्टा हिँड्नाले यो रोग लाग्दछ ।

हेर्दा गडयौला जस्तो देखिने जुकाले खानामा पाइने पोषक तत्वहरुको उपयुक्त पोषणमा असर पारी शरीरमा पोषक तत्वहरुको कमी गराउँदछ । त्यसैले आफ्ना बच्चको हेरचाह गर्ने आमाबाबुले ब्यक्तिगत सरसफाइमा ध्यान दिएमा बच्चालाई जुकाको संक्रमण हुनबाट बचाउन सक्दछन् । त्यसैले बच्चाहरुको खाना बनाउनुअघि, स्तनपान गराउनुअघि, दिसा सफा गरिसकेपछि आमाबाबुले राम्ररी साबुनपानीले हात नधोएमा बच्चालाई जुका लाग्न सक्दछ । जुका परजिवी भएकोले मानिसले खाएको खानामा भएको पौष्टिक तत्व नास गरिदिन्छ र मानिसको आन्द्रामा बसेर हुर्किने र बच्ने गर्दछ ।
यसले मानिसको आन्द्राबाट पोषिलो खानाको साथै रगत समेत चुसेर आफ्नो जीवन निर्वाह गर्दछ । यसले हाम्रो शरीरको रगत चुस्ने भएकाले जुका लागेको मानिसमा कुपोषण तथा रगतको कमी जस्ता समस्याहरु पनि निम्त्याउँछ । जसको परिणमले बहुसंख्यक बालबालिकाहरुको शारीरिक तथा मानसिक बृद्धि र बिकासमा अबरोध पैदा भई मृत्युको मुखमा समेत पु¥याउँछ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *