नवजात शिशुको मृत्युप्रति डब्लूएचओको चासो

WHOजेनेभा – विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) ले शुक्रबार एक विज्ञप्ति जारी गर्दै लिबियाको एक अस्पतालमा ब्याकक्टेरियल इन्फेक्सन (किटाणुको सङ्क्रमण) का कारण १२ जना शिशुको मृत्यु भएको प्रति चासो देखाएकोे छ ।

डब्लूएचओका अनुसार सवाह मेडिकल केन्द्रको नजवात शिशु स्याहार कक्षमा सेवा प्रदान गर्ने विशेषज्ञ स्वास्थ्यकर्मीको अभाव एवम् किटाणुको सङ्क्रमणबाट उनीहरुको मृत्यु भएको हो ।

नवजात शिशुको जन्मपश्चात मृत्युबाटे रोक्नका लागि सहज स्वास्थ्य व्यवस्था मिलाउन नसक्नुमा लिबियामा सामान्य स्वास्थ्य प्रणालीमा समेत समस्या देखिएको बताउँदै डब्लूएचओले तत्काल विशेषज्ञ सेवा तथा औषधिको व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेको छ ।

सेवा प्रबन्धमा ढिलाई गरिएमा थप नवजात शिशु तथा आमाको समेत ज्यान जोखिममा जाने लिबियाका लागि डब्लूएचओ प्रतिनिधि जाफ हुसेन सैयदले बताए ।

डब्लूएचओले बिलियाको स्वास्थ्य प्रणाली यहाँ जारी द्वन्द्वका कारण भएको स्वास्थ्यकमीृ तथा औषधिको अभावले गर्दा विषम बनेको बताएको छ ।

लिबियामा १९ लाख मानिसलाई अहिले स्वास्थ्य सेवा चाहिएको तर स्वास्थ्यकर्मी तथा औषधिको अभाव रहेको सैयदले बताए ।

  • एजेन्सी
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *