ब्रेन ट्युमर भएको कसरी थाह पाउने ?

dr basanta panth
डा. बसन्त पन्त, बरिष्ठ न्युरो सर्जन

ब्रेन ट्युमर भएको भनेर पहिल्यै ठ्याक्कै थाह पाउन गाह्रो हुन्छ । तर केही लक्षणहरुले अड्कल गर्न भने सकिन्छ ।

जस्तै : एकदमै टाउको दुखेर आइरह्यो भने, छारोरोग जस्तो बेला बेलामा मुर्छा पर्ने अवस्था आयो भने, शरीरको एकापट्टीको भाग अर्थात एक हर चल्न छाड्यो भने ब्रेन ट्युमरको शंका गर्न सकिन्छ ।

त्यस्तै आँखाले तिव्रगतिमा नदेख्ने अवस्था हुँदै गयो भने, नाकले गन्ध थाह पाउन छाड्यो भने पनि  ब्रेन ट्युमर भएको हुनसक्छ ।

किनभने ट्युमरले कुनै एक अंगको नियमित प्रक्रियालाई अवरोध गर्छ । जसबाट यस्ता लक्षणहरु देखिन्छन् । त्यसैले यस्ता लक्षणहरु देखिनासाथ मस्तिस्करोग विशेषज्ञद्धारा जाँच गराईहाल्नुपर्छ ।brain tumur

ट्युमर कसरी आँउछ भन्ने थाह छैन तर यसको महत्वपूर्ण कुरा फैलने गति हो । म्यालिगनेन्ट ट्युमर भए छिटोछिटो बढ्छ । डेनाइन ट्युमर भए विस्तारै बढ्छ ।

सामान्य त म्यालिगनेन्ट ट्युमरलाई ग्रेड थ्रि, फोर मा मापन गर्छौँ । जुन खतरनाक पनि मानिन्छ । यस्तो ट्युमर भएका व्यक्तिलाई अप्रेसन गरेपछि छ महिना एक बर्ष देखी बढीमा तीन बर्षसम्म बाच्ने सम्भावना रहन्छ ।

ग्रेड वान, टू हो भने अप्रेसन पछि बर्षौ बर्ष बाच्न सक्छन् वा जिन्दगीभर केही नहुन पनि सक्छ । कहिले पलाएर नआउने पनि हुन्छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *