ग्रान्डी अस्पतालले पत्रकारहरुको निःशुल्क स्वास्थ्य जाँच गर्ने

grande-hospitalकाठमाडौँ – प्रथम राष्ट्रिय पत्रकारिता दिवशको अवसरमा धापासीस्थित ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालले पत्रकारहरुको निशुल्क स्वास्थ्य परीक्षण गर्ने भएको छ ।

नेपाल पत्रकार महासंघ सँगको सहकार्यमा अस्पतालले भोली ( शनिबार) विहान ८ देखी अपरान्ह ४ बजेसम्म महासंघको कार्यालय सञ्चारग्राममा पत्रकारहरुको स्वास्थ्य परीक्षण गर्न लागेको हो ।

सिविरका लागि अस्पतालका जनरल मेडिसिन, इन्डोक्राइनोलोजी तथा डायबेटोलोजी, ग्याष्ट्रोइन्टेरोलोजी तथा दन्त बिभागका बिशेषज्ञ चिकित्सकहरु सहभागी हुनेछन् । परीक्षणका क्रममा सिबिसी, युरिन डिपिस्टिक टेष्ट, रेन्डम सुगर ग्लुकोमिटर टेष्ट लगायतका प्रयोगशाला जाँचहरु समेत हुनेछ ।

अस्पतालका एमडी इन्टरनल मेडिसिन तथा डिएम ग्याष्ट्रो इन्टेरोलोजी डा. ए के कश्यप,  डा. संजय कार्की, डा. सन्देश पन्थी, डा. उपेन्द्र जोशी  डा. मध्या भन्डारी लगायतका डाक्टरहरु सहभागी हुने बताइएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *