जर्मनीमा गम्भीर विरामीलाई गाँजा किन्न छुट्

ganja1एजेन्सी – जर्मन संसदले आउदोबर्ष देखी चिकित्सकको पर्चाको आधारमा गम्भीर विरामीले गाँजा किन्न पाउने एक विधेयकको पारित गरेको छ ।

अहिलेसम्म जर्मनीमा क्यान्सर, एड्स जस्ता रोग लागेका मानिसहरुले मात्र विशेष अनुमति पछि कानूनी रुपमा गाँजा किन्न पाउछन् ।

कैयौँ युरोपेली मुलुकहरुले यसअघि नै स्वास्थ्य सम्वन्धी प्रयोजनका लागि गाँजा किनी प्रयोग गर्न अनुमति दिइसकेका छन् ।

त्यसो त संयुक्त राज्य अमेरिकाका केही राज्यहरुले  हालै गाँजाको कारोवारलाई फौजदारी अपराध मान्ने केही कानूनलाई फेरबदल गरिसकेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *