क्षयरोग पत्ता लगाउन खकार परीक्षण

  भक्तपुर –  क्षयरोग बिरामी खोज्ने क्रममा मध्यपुर थिमी नगरपालिकाभित्र ८, ९ र १४ वडामा एक सय ९६ जनाको निशुल्क खकार परीक्षण गरिएको छ ।

जिल्ला विकास समिति भक्तपुर र नेपाल क्षयरोग निवारण संस्था जिल्ला शाखाको संयुक्त आयोजनामा भएको खोजमुलक कार्यक्रममा हालसम्म वडा नम्बर ८ मा एकजना पोजेटिभ भेटिएको संस्थाका कार्यालय सचिव हिरण्यप्रताप सांगामीले जानकारी दिए ।

मध्यपुर थिमी नगरपालिकाको वडा नम्बर ८ मा १३ बैशाखमा भएको खकार शिविरमा निशुल्क खकार परीक्षणका लागि स्वस्थ्य अनुसन्धान तथा सामाजिक बिकास मञ्च (हर्ड) ले प्राबिधिक सहयोग गरेका थिए ।

नगरभित्रबाटै क्षयरोग बिहीन समाज निर्माण गर्ने र लुकेका क्षयरोगी बिरामी पत्ता लगाई उपचार गरी निको पार्ने उद्देश्यले आयोजित सो खकार शिविर महिला स्वयंसेविका समिति मध्यपुर थिमीका ९ जना स्वयंसेविकाको सहयोगमा मध्यपुर नगरपालिका देखि शुभारम्भ गरिएको संस्थाका सभापति बाबुकाजी श्रेष्ठले जानकारी दिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *