ओहो ! बर्षदिनमा साडे ४ सयले गरे आत्महत्या

aatmahatyaडोटी – गतवर्ष सुदूरपश्चिममा चार सय ४३ जनाले आत्महत्या गरेको प्रहरी रिपोर्टले जनाएको छ । त्यसमध्ये झुण्डिएर आत्महत्या गर्ने धेरै छन् ।

झुण्डिएर दुई सय ९१ जनाले आत्महत्या गरेका थिए । जसमा १ सय ३९ जना महिला र ५२ जना पुरुष छन् । आत्महत्या गर्नेमध्ये सबैभदा बढी कैलालीमा ७७ जना पुरुष र ६४ जना महिला गरी एक १४१ जनाले झुण्डिएर आत्महत्या गरेका छन् ।

यस्तै कञ्चनपुरमा ४१ पुरुष र ४० महिला गरी ८१ जना, बैतडीमा ७ पुरुष र १३ महिला गरी २० जना, र अछाममा १० पुरुष र पाँच महिला गरी १५ जनाले झुण्डिएर आत्महत्या गरेको सुदूरपश्चिम क्षेत्रीय प्रहरी कार्यालयको तत्थांकले देखाएको छ ।

 बझाङमा १२ , डोटीमा १३, डडेल्धुरामा १०, दार्चुलामा ११ र बाजुरामा ८ जनाले झुण्डिएर आत्महत्या गरेका छन् ।

कार्यालयको सञ्चार शाखाले उपलव्ध गराएको तथ्यांक अनुसार यस अवधीमा ६४ महिला र ७४ पुरुष गरी १३८ जनाले विष सेवन गरेर आत्महत्या गरेका छन् । विषय सेवन गर्नेको संख्या पनि कैलालीमै बढी छ । त्यहाँ ३१ महिला र ३४ पुरुषले विष सेवन गरेर आत्महत्या गरेका छन् । गतवर्ष १० जनाले नदीमा हाम फालेर ज्यान गुमाएका थिए ।

हामफालेर सबैभन्दा बढी ज्यान गुमाउने दार्चुलामा रहेका छन् । यस जिल्लामा ६ महिला र तीन पुरुष गरि ९ जनाले नदीमा हामफालेर आत्महत्या गरेका छन् । आफ्नै जीउमा आगो लगाएर कैलालीमा एक महिला र बैतडीमा एक पुरुषले ज्यान गुमाए ।

  • आजको नयाँ पत्रिकामा प्रकाशित डोटीबाट कर्णचन्दले पठाएको समाचार
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *