स्वास्थ्य शिबिर राख्दा राख्दै दुई चिकित्सक सहित सात कोरियन पक्राउ

hathkadiललितपुर – दुई चिकित्सक सहित ७ जना कोरियाली नागरिक पक्राउ परेका छन् । म्याद गुज्रिएको औषधि वितरण गरेको आरोपमा ललितपुरको नक्खुबाट सोमबार उनीहरु प्रक्राउ परेका हुन् ।

नख्खुमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्न लागेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको ललितपुर प्रहरी प्रमुख एसएसपी पीताम्वर अधिकारीले जानकारी दिए । उनीहरुले वितरण गरेको औषधिको म्याद गुज्रिएको र प्रशासनबाट समेत शिविर राख्न कुनै स्वीकृति नलिएकाले पक्राउ गरिएको उनको भनाई छ ।

पक्राउ परेका सबैजना केही दिनअघि पर्यटन भिसामा नेपाल आएर स्वास्थ्य शिविर सञ्चालन गरेका हुन् । आइतबार उनीहरुले फर्पिङ र चाल्नाखेलमा निशुल्क स्वास्थ्य शिबिर चलाई औषधि वितरण गरेका थिए ।

सोमबार नख्खुमा शिविर राख्ने तयारी गर्दा गर्दै प्रहरीले पक्राउ गरेको हो । कोरियाबाटै ल्याइएका औषधिपनि प्रहरीले बरामद गरेको छ । जसमा औषधिको म्याद कोतरिएको र कतिपयको म्याद गुज्रिएको प्रहरीले जनाएको छ । उनीहरुलाई कारबाहीका लागि मंगलबार औषधि व्यवस्था विभागमा बुझाइने एसएसपी अधिकारीले बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *