उँखुको रस पिउनु शरीरका लागि फाइदै फाइदा

- नेपाली हेल्थ

sugarcane juiceगर्मी मौसममा जुस तथा चिसो पेयपदार्थ पिउन सबैलाई मन पर्छ र यसले शितलता महसुस गराउँछ । त्यस्तै गर्मी मौसममा उँखुको जुस पिउँदा पनि शरीरलाई फाइदा जनक हुन्छ । यो एक स्वादिष्ट र मिठो पेय पदार्थ पनि हो ।

यसका फाइदाहरु :

१. उँखुको रस सेवन गर्नाले गर्मीबाट बच्नुका साथै शरीरमा पानीको मात्रालाई सन्तुलित बनाउन मद्दत गर्छ ।

२. यसमा प्रशस्त मात्रामा आइरन, पोटाशियम, क्याल्सियम, म्याग्नेसियम जस्ता तत्व हुन्छ जसले शरीरमा पोषण प्रदान गर्नुका साथै शरीरलाई फूर्तिलो बनाउँछ ।

३. यसमा प्रशस्त मात्रामा पानीको मात्रा हुने भएकाले पिसाव सम्बन्धी समस्याबाट मुक्ति मिल्छ ।

४. यसको सेवनले कलेजोलाई मजबुत बनाइराख्न मद्दत गर्नुका साथै कलेजो सम्बन्धी समस्याबाट मुक्ति मिल्छ ।

५. उँखुको रसमा प्रशस्त ग्लुकोजको मात्रा हुन्छ जसले शरीरलाई शक्ति तथा उर्जा प्रदान गर्नमा मद्दत गर्छ ।


Facebook Comment


थप समाचार