पूर्वप्रधानमन्त्री चन्दको स्वास्थ्यमा सुधार

lokendra bd chand

काठमाडौं –  राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको स्वास्थ्यमा सुधार हुँदै गएको छ ।

बल्खुस्थित बयोधा अस्पतालमा गत साता देखि मुटुरोग सम्बन्धी उपचार गराइरहेका अध्यक्ष चन्दको स्वास्थ्यमा सुधार हुँदै गएको पार्टीका प्रवक्ता किरण गिरीले जानकारी दिए ।

७७ बर्षीय चन्दलाई प्रोष्टेडको समस्या भएपछि अस्पताल भर्ना गरिएको थियो र केही दिन अघि उनको मुटुको शल्यक्रिया गरिएको थियो । आजबाट उनले सामान्य कुराकानी गर्न थालेको र हल्का खाना समेत खान थालेका छन् ।

प्रवक्ता गिरीका अनुसार उनको स्वास्थ्यमा सुधार हुँदै गएमा चाडै नै अस्पतालबाट डिस्चार्ज गर्ने बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *