सार्वजनिक स्थलमा धूमपान गर्नेबाट ५ लाख राजश्व

nepal policeकाठमाडौँ – सार्वजनिक स्थलमा धूमपान गर्नेहरुबाट काठमाडौँ प्रहरीले पाँच लाख रुपैयाँ राजश्व उठाएको छ । सुर्तीजन्य पदार्थको नियन्त्रण गर्न अढाई महिना देखी आक्रामक अभियान थालेको प्रहरीले सार्वजनिक स्थलमा चुरोट सेवन गर्ने ५ हजार बढीलाई एक सय रुपैँयाका दरले जरिमाना गरेको छ ।

महानगरीय प्रहरी परिषर काठमाडौँका प्रमुख एसएसपी विक्रमसिंह थापाले सुर्तीजन्य पदार्थ नियन्त्रण गर्न सार्वजनिक स्थलमा धूमपान गर्नेलाई जरिमाना गरिएको बताए । उनले भने पहिला सम्झायौँ , कानूनबारे जानकारी गरायौँ त्यसपछि मात्रै हामीले कारबाही प्रक्रिया अघि बढायौँ ।

एसएसपी थापाले जरिमाना गर्नु अघि काठमाडौँका १४ वटै परिषरबाट खटिएको टोलीले सार्वजनिक स्थलमा धूमपान गर्ने करीब ३० हजार बढी व्यक्तिलाई सम्झाएको बताए । हामीले जनचेतना अभियानलाई संगसंगै अघि बढायौँ । तर पनि नियन्त्रण नआएपछि हामीले कारबाही अघि बढायौँ । थापाले भने ।

सरकारले सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन ऐन २०६८ जारी गरि सार्वजनिक स्थललाई धूमपान निषेधित क्षेत्र बनाएको छ । सार्वजनिक स्थलमा धूमपान गर्नेलाई एक सय रुपैयाँ सम्म जरिमाना गर्न सकिने व्यवस्था छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *