पाल्पामा तीन हजार भन्दा बढीको नि:शुल्क मुटु परीक्षण

पाल्पा –  पाल्पााको रामपुरमा सञ्चालन भएको नि:शुल्क मुटुरोग परीक्षण तथा उपचार शिविरमा तीन हजार भन्दा बढीले मुटुको परीक्षण गराएका छन् ।

रमपुरमा पहिलोपटक सञ्चालन भएको उक्त शिविर शनिवार सम्पन्न भएको थियो । शिविरमा मुटु, छाला, यौन, नशा लगायत बिभिन्न स्वास्थ्यसम्बन्धी सेवा प्रदान गरिएको थियो ।

शुक्रवार र शनिवार गरी दुई दिनसम्म सञ्चालन भएको शिविरमा ३८३ जनाले मुटु परीक्षण, ५०९ जनाले हाडजोर्नी, २१५ जनाले छाला तथा यौनरोग, ३९० जनाले स्त्रीरोग, २७० जनाले जनरल सेवा, ३४३ जनाले इसिजी र २२८ जनाले इकोकार्डियोग्राफी सेवा लिएका थिए ।

कार्यक्रमका संयोजक शेरबहादुर रानाका अनुसार परीक्षणका क्रममा ३२ जनाको मुटुको शल्यक्रिया गर्नुपर्ने देखिएको बताएका छन् ।

डा. अनिलकुमार भट्टराईको नेतृत्वमा ३३ जना स्वास्थ्यकर्मीहरुले शिविर मा सेवा प्रदान गरेका थिए । उक्त शिविरमा पाल्पा, स्याङ्जा तनहुँ र नवलपरासीका बिभिन्न स्थानका बिरामीले सेवा पाएका थिए ।

आदर्श भूपू सैनिक संस्था रामपुरको आयोजना, भूपू सैनिक राइजिङ इङ्लिस स्कुलको व्यवस्थापन र सेभ द हार्ट मुटु बचाउ संस्थाको प्रविधिक सहयोगमा शिविर सञ्चालन भएको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *