ओम अस्पतालको घटनाको छानवीन होस् : राष्ट्रिय चिकित्सक संघ

काठमाडौँ – राष्ट्रिय चिकित्सक संघले ओम अस्पतालमा भएको भनिएको गर्भवती महिला मृत्यु प्रकरणको उच्चस्तरीय छानवीन गरि सत्यतथ्य बाहिर ल्याउन माग गरेको छ ।

कपन निवासी सावित्री श्रेष्ठको चिकित्सकीय लापरबाहीबाट मृत्यु भएको भन्दै आफन्तहरुले आन्दोलन चर्काएपछि अस्पतालले क्षतिपूर्तिस्वरुप १५ लाख दिने सम्झौता गरेको थियो ।

संघले घटनाको बास्तविकता बाहिर नल्याई मिलोमतोको आधारमा क्षतिपूर्ति दिने सम्झौताले गलत नजिर बस्ने भन्दै विरोध गरेको छ । विज्ञप्तीमा भनिएको छ, ‘छानवीन पछि कानून अनुसार सजाएको भागिदार जो कोहीपनि हुनसक्ने सच्चाईलाई स्वीकार गर्नुपर्छ तर मिलोमतोको नाममा सत्यतथ्य नै नखोजिने अवस्थाको अत्त्य गर्न हामी सम्वन्धीत सबै पक्षसंग जोडदार आग्रह गर्दछौँ ।’

संघका अध्यक्ष डा. सन्तोष पौडेलद्धारा हस्ताक्षरित विज्ञप्तीमा नेपालमा समयसमयमा हुने गरेका चिकित्सकीय दुर्घटनाका बारेमा चिकित्सकीय लापरबाही भनि सञ्चारमाध्यममा आउने र त्यस्ता घटनालाई अतिरञ्जित गरी विरामीका आफन्त पक्षले भिड जम्मा गरी उपचारमा सम्लग्न स्वास्थ्यकर्मी र स्वास्थ्यसंस्था माथि नै सांघातिक मला गर्ने गलत संस्कार मौलाएको उल्लेख गरिएको छ ।

संघले जारी गरेको विज्ञप्ती यस्तो छ :

IMG_4544

IMG_4545

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *