महिलाका लागि सेतोपानी बग्ने समस्या कति खतरनाक ?

jageshwor-gautam
डा. जागेश्वर गौतम, बरिष्ठ स्त्रीरोग विशेषज्ञ

महिलाहरुमा देखिने विभिन्न स्वास्थ्य समस्या मध्येको एक हो योनीबाट सेतोपानी बग्ने । कतिपयले यसलाई सामान्य रुपमा लिएका हुन्छन् कतिपयले भने खतरनाक अवस्थाका रुपमा मानेको हुन्छन् ।

स्त्रीरोग विशेषज्ञको नाताले म के भन्छु भने सेतोपानी बग्दैमा आत्तिइहाल्नु पर्दैन । तर सेतोपानी बग्छ र त्यो गन्हाउछ भने त्यसबेला चाहि सतर्क हुनैपर्छ । स्वास्थ्य परीक्षण गराई हाल्नुपर्छ ।

सामान्यत कुनैपनि महिलाको भित्र फुल बन्ने बेलामा वा फर्मुलेसन हुने बेलामा चिप्लो पानी जान्छ । त्यसैले यो नर्मल प्रकृया हो । तर सेतोपानी जाँदा साह्रै गन्हाउछ वा प्याड नै लगाएर हिडन पर्ने हुन्छ । चिलाउने पोल्ने हुन्छ भने त्यस्तो बेलामा उपचार गर्नुपर्ने हुनसक्छ ।
तर यदि पोल्दैन दुख्दैन गनाउदैन भने धेरै आत्तिइहाल्नु पर्दैन ।

स्वस्थ हो कि अस्वस्थ हो भनेर जाँच्नका लागि चिकित्सकहरुले स्पेकुलमको प्रयोग गर्छन । यसको प्रयोगले पाठेघरको मुख स्वस्थ छ कि छैन भनेर छुट्याउन सकिन्छ ।

तीस बर्ष पुगेको महिला हुनुहुन्छ भने प्यापिस्मेर गर्नुपर्छ । अझ सुविधा छ भने लिक्युड बेस साइल्कोजी भनिन्छ । यसबाट जाँच गर्नु झन राम्रो हुन्छ । त्यसमा नर्मल आयो भने सेतोपानी आयो भनेर आत्तिनु पर्दैन ।

हाम्रो महिलाहरुमा सुविधा पनि नभएकोले परीक्षण गर्ने चलन छैन् । नभएको भएर कहिलेकाही पाठेघरको भित्रनै ट्युम वा क्यान्सर भएरै सेतोपानी बगेको हो कि भन्ने पनि हुनसक्छ । त्यस्तो बेलामा चिकित्सकलाई देखाउनुपर्छ । देखाउदा नर्मल भएमा सेतोपानी पछि आफै रोकिएर जान्छ ।

# डा.गौतम परोपकार प्रसुती तथा स्त्रीरोग अस्पतालका निर्देशक हुन्

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *