कम्मर जोडिएका दुई दिदी बहिनीको साझा खुट्टा

ju1

एजेन्सी – जुम्ल्याहाहरुबीच एक अनौठो नजिकको सम्वन्ध हुन्छ । एक अर्काका भावना विचार आदानप्रदान देखि लिएर बस्तु पनि साटासाट गर्ने गर्छन् । तर अरु जुम्लाहा भन्दा पृथक रहेका छन् थाइल्याण्डमा जन्मिएका यी सात बर्षीया पिन र प्यान ।

यी जुम्ल्याहाको टाउको, ढाड, हात, अलग अलग छ तर दुबैका लागि खुट्टा भने एक जोडि मात्रै छ । त्यसैले दुबैजनाले एक एक खुट्टा चलाउछन् । पिनले एउटा खुट्टा चलाउन सक्छिन र प्यानले अर्को खुट्टा ।

यी दुई दिदी बहिनीले अहिले भने सजिलैसंग हिँडन् सिकिरहेका छन् । त्यसैगरी यिनीहरुलाई कपडा लगाउन, खान र ट्राइसाइकल चलाउन पनि सिकेका छन् ।

डाक्टरहरुले यी दुई दिदी बहिनीलाई अप्रेसन गरी छुट्याउन सकिने सम्भावना बताएपनि यी दिदी बहिनीले आफूहरु यत्तिकै खुशी रहेको र संगै रहन चाहेको भन्दै त्यो सुझाव इन्कार गरे ।

चिकित्सकहरुका अनुसार जोडिएका जुम्लाहाहरु एकदमै बिरलै पाइन्छन् । २५ लाख जन्ममध्ये एकमा यस्तो हुने सम्भावना रहन्छ ।

ju2

जोडिएका यी जुम्ल्याहा दिदी बहिनी राजधानी बैंकक देखि २५० किलोमिटर उत्तरमा रहेको नाखोन साओन भन्ने ठाँउमा हजुरबुबा र हजुरआमासंग बस्छन् । हजुरआमा नोक्नोइ पोङचुम्नन भन्छिन्, ‘पिन र प्यान गित गाउन आइसक्रिम खान, संगै हास्न र एक अर्कालाई सहयोग गर्न मन पराउछन् ।’

पिन र प्यानले उनीहरुको हात र साझा खुट्टाको मद्धते गंगटा जस्तो तालमा हिड्ने कला निखारीसकेका छन् । स्कुल जाँदा र लामो दूरीमा तिनीहरु ट्राइसाइकल चलाएर जान्छन् । स्कुलमा भने एक भवन देखी अर्को भवनमा जाँदा ह्वील चियरको मद्धत लिन्छन् । स्कुलमा पनि साथीहरु तथा शिक्षकबीच यिनीहरु लोकप्रिय छन् ।

ju3

पिन र प्यानका शिक्षक शिक्षिका, हजुरबुबा आमा यिनीहरुको राम्रो शिक्षा हाँसिल गरि एक सफल जीवन व्यथित गर्नेछन भनने आशामा छन् ।

पिन र प्यानको जन्म हुँदा जोडिएका नातिनीहरु देखेर उनकी हजुरआमा दुखी भइन र रोए घर फर्केकि थिइन् । तर अहिले भने उनलाई कुनै दुख छैन् । हजुरबुबा भन्छन्, ‘यिनीहरु एकदमै जिद्धी छन् । हामीले भनेको मान्दैनन् । तर आफूलाई मनमा लागेको कुरा नगरी छाडदैनन् ।’

4

‘शारीरिक रुपमा जोडिएका जुम्लाहा भएपनि यिनीहरुको बिचार भने फरक फरक छ । एउटीलाई छोटो कपाल मन पर्छ , अर्कीलाई लामो । एउटीलाई चाउचाउ मनपर्छ अर्कीलाई पर्दैैन् ,’ हजुरआमा भन्छिन् ।’यिनीरुलाई छुट्याउन सके राम्रो हुन्थ्यो तर अव यिनीहरु यहि अवस्थामै खुशी भएकोले रायद अव यो सम्भव छैन् ।’

ju5

हेरौँ भिडियो :

  • डेलिमेलको सहयोगमा
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *