फर्सी खानु शरीरका लागि फाइदै फाइदा

pumpkinफर्सी बिशेष गरी तरकारी पकाउन तथा सलाद बनाउन प्रयोग गरिन्छ । यसमा प्रशस्त मात्रामा भिटामिन ए, फलाम, फाइबर लगायत बिभिन्न पौष्टिक तत्वहरु पाउन सकिन्छ ।

यसको नियमित सेवनले शरीरलाई स्वस्थ राख्नमा लाभदायी हुन्छ ।

१. फर्सीको नियमित सेवनले शरीरलाई स्वस्थ र फूर्तिलो बनाई राख्न मद्दत गर्छ ।

२. फर्सीमा प्रशस्त मात्रामा भिटामिन ए हुने भएकोले यसको नियमित सेवनले आँखालाई तेजिलो बनाउँछ ।

३. फर्सीमा भिटामिन, पोटासियम तथा म्याग्नेसियम हुन्छ जसले शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउनमा सहयोग गर्छ ।

४. यसको सेवनले बढी तौल भएका ब्यक्तिहरु तथा मोटोपन नियन्त्रण गर्न मद्दत गर्छ ।

५. फर्सीको नियमित सेवनले मुटुलाई स्वस्थ राख्नुका साथै ब्लड सुगरको लेभललाई सन्तुलित बनाउन मद्दत गर्छ ।

६. रातिमा निन्द्रा नलाग्ने तथा निन्द्रा कम लाग्ने ब्यक्तिहरुलाई निन्द्रा लगाउनमा मद्दत गर्छ । साथै यसको फल मात्र नभएर साग तथा दाना पनि खानमा उपयोगी हुन्छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

One thought on “फर्सी खानु शरीरका लागि फाइदै फाइदा

  1. I see your site needs some unique content. Writing
    manually is time consuming, there is tool for this task. Just search in g00gle for – rilkim’s tips

Leave a Reply

Your email address will not be published. Required fields are marked *