कुहिनो र घुँडामा हुने कालोपन हटाउने घरेलु उपाय

- नेपाली हेल्थ

kuhinaसाधारणतया हाम्रो हातको कुहिनो र घुँडाको भाग शरीरको अन्य भागको तुलनामा बढी कालो हुने गर्दछ । केही बाहिय कारण तथा थिचिएका कारण शरीरको अन्य भागको तुलनमा ती भाग बढी कालो देखिन्छ । जसबाट कहिलेकाही हामीलाई असहजता समेत पैदा गर्छ । तर नआत्तिनुस् आज हामी तपाईँलाई केही घरेलु टिप्स दिदैछौँ जसको प्रयोगले तपाईँको कुहिना तथा घुडाको कालोपन हटाउन मद्धत गर्नेछ ।

कागतीको रस : कागतीको रसमा साइट्रिक एसिड हुन्छ । कागती काटेर आधा टुक्रा कुइनो वा घुडामा समान्य रुपमा घसेर प्रयोग गर्न सक्नु हुन्छ अथवा कागतीलाई राम्ररी निचोरेर एउटा भाँडामा रस निकालेर सफ्ट जालीको माध्यमबाट ती भागमा घस्न सकिन्छ ।

अर्को उपाय कागतीको रसमा चिनी हाल्ने र विस्तारै कुहिनो र घुँडामा लगाउने केही छिन त्यत्तिकै छाडने । जव यो सुख्खा हुन्छ मनतातो पानीले यो धुने गर्नुपर्छ । तपाईले कागती काटेर कुहिनामा घोटन पनि सक्नुहुन्छ ।

केही छिन घोटेपछि तपाईले कुहिनालाई त्यतिकै छाडिदिनुस र केही छिन पछि मनतातो पानीले धुनुस र मस्चराइजर क्रिमले मसाज गर्नुस तपाईँको कुइनाको रंग बदलिन्छ वा सफा हुन सक्छ ।

नौनी र वेसारका धुलो : नौनी र बेसारको धुलो मिसाउनुस । त्यसबाट बनेको लेप कुहिना र घुँडामा राम्ररी लगाउनुस् । बेसारमा बीचिंगको गुण हुन्छ । नौनीले मोइस्चसाइजको जस्तै काम गर्छ । यो दुईको मिश्रणले कालो भाग हटाउन काम गर्छ । तपाईँ चाहनुहुन्छ भने यो लेप लगाएर केही बेर छाडन पनि सक्नुहुन्छ । केही क्षणपछि मनतातो पानीले धुनुपर्छ ।


Facebook Comment


थप समाचार