गर्भवती जस्तो देखिएका पुरुषको पेटबाट निकालियो १५ केजी ट्युमर

tumarएजेन्सी – करीब एक दशक सम्म गर्भवती जस्तो देखिएका एक चाइनिज पुरुषको १५ केजी ट्यूमर पेटबाट सफलतापूर्ण तरिकाले निकालिएको छ । ३३ बर्षीय ती चाइनिज पुरुषले परम्परागत उपचार पद्धतीले ट्यूमर हट्ने आशमा १० वर्ष सम्म शरीरमा ट्यूमर पालेर बसेका थिए ।

चाइनाको लेसान भन्ने सहरमा बस्ने ती व्यक्तिले आफ्नो नाम सार्वजनिक गर्न नचाहेका कारण अस्पतालले परिचय खुलाएको छैन । उनी सन् २००४ मा प्रथम पटक पेटमा समस्या भएको भन्दै अस्पतालमा जाँचको लागि गएका थिए । सन् २००६ मा उनको पेटमा ट्यूमर भेटिएको थियो ।

ट्यूमरको सर्जरी खतरनाक हुने भन्दै त्यो समयमा अस्पतालहरुले अपरेशन गर्न मानेनन् । तर ट्युमरको आकार अत्याधिक बढेपछि परिवारले पैसाको जोगाड गरी ट्यूमर निकाल्न चेङग्डु सहरको मिलिटरी जेनेरल हस्पिटलमा गुहार्न पुगे ।

tumar1

अस्सपतालका सर्जरी प्रमुख डा. डाई रुइबु र सहकर्मी समूहले ६ घण्टा लामो सल्यक्रिया गरि १५ किलोको ट्यूमर सफलतापूर्ण तरिका निकालिएको हो ।

‘१० वर्षसम्म आन्तरिक अंगहरुलाई ट्यूमरले थिचेर राखेको हुनाले ट्यूमर झिकेपछि ब्यक्तिलाई आइ.सी.यू. मा भर्ना गरियो ‘ सर्जरी प्रमुख डा. रुइबु भन्छन् ।

  • डेलिमेलको सहयोगमा
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *