के हो शिलाजीत ? कसरी बनाइन्छ ?

डा. राजेन्द्र गिरी
डा. राजेन्द्र गिरी

हिमाल तथा पहाडमा रहेका ठूला ठूला पत्थरे ढुंगाको कापबाट चोप जस्तो पदार्थ (लेटेक्स) निस्कने गर्दछ । त्यो पदार्थ नै शिलाजीत बनाउने मुख्य कच्चा पदार्थ हो ।

त्यो पदार्थलाई ल्याएर सुरुमा तामाको भाँडा(भेजल्स)हरुमा राख्छौँ र सूर्यको किरणमा देखाएर राखिन्छ । जसले त्यो अर्थप्रशोधित जस्तो हुन्छ ।

त्यसपछि त्यसलाई पकाउन थालिन्छ । पकाई सकेपछि फेरी त्रिफला, गाईको दुध र भृङगीराजमा सुद्धिकरण गरेर पुन पकाइन्छ । यसो गर्दा शिलाजीतको प्रभावकारीता बढ्छ ।

शिलाजीत तयार गर्न निक्कै समय लाग्छ । अर्थात झण्डै एक देखी डेढ महिना पकाउन नै लाग्छ । दिनभरी पकायो साँझ फेरी सेलाउन हाल्यो अर्को दिन फेरी दिनभर पकायो । यस्तो गरिन्छ । झण्डै एक देखी डेढ महिनामा शिलाजीत  उच्च गुणस्तरको तयार हुन्छ ।

sila jit

शिलाजीतको प्रयोग के को उपचारमा हुन्छ ?

  • कुनैपनि पिसाव सम्वन्धी समस्याका लागि प्रयोग गर्न सकिन्छ
  • मधुमेहका विरामीलाई अति नै उत्तम हुन्छ ।
  • यौन दुर्बलताका बेलामा पनि यसको उपयोगिता छ । यौन क्षमता कमजोर छैन भने पनि खाँदा त्यो राम्रो नै हुन्छ । यसले साइड इफेक्ट गर्दैन ।
  • बृद्ध अवस्थामा हुने शारीरिक दुर्बलता वा कमजोडीमा पनि यसको प्रयोग गर्न सकिन्छ ।
  • पिसाव सम्वन्धी सबै समस्या चाहे त्यो स्टोन होस वा मिनरल्स होस यसलाई प्रयोग गर्न सकिन्छ । प्रोष्टेड सम्वन्धी समस्या, व्लाडरमा हुने समस्या आदिका लागि यसको प्रयोग उपयोगी हुन्छ ।

कसरी खाने ?

हामीकहाँ क्याप्सुल त छैन तर सेमिसोलिट पेष्ट जस्तो हल्का लेदो पदार्थ चाहि बन्छ । एक पटकमा पाँचसय मिलिग्राम अर्थात लोकल केराउको दाना जति चम्चामा राखेर दुधसंग खाने गर्नुपर्छ । दुधले ‘सेनरजेटिक एक्सन’ बढाई दिन्छ । दुध छैन भने मनतातो पानीमा हालेर खाँदा पनि हुन्छ ।

यसको तत्कालै देखिने भने थकित पनलाई तत्कालै दुर गराउछ । यो मिनरल भएको हुनाले शक्ति दिने खालको हुन्छ ।

कसरी छुट्याउने सक्कली शिलाजीत  ?
शिलाजीत  साच्चिकै सक्कली हो कि होइन भनेर छुट्याउन ‘बायोमार्कर’ जरुरी हुन्छ ।शिलाजीतमा ‘फल्बिक एसिड’ हुन्छ । ‘बायोमार्क’ गर्दा त्यो देखिनुपर्छ । यदि त्यसमा फल्बिक एसिड रहेनछ भने त्यो शिलाजीत होइन ।

# डा. गिरी सिंहदरबार बैद्यखाना विकास समितिका प्रवन्ध निर्देशक हुन् 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *