कटहरको प्रयोगले त्वचालाई हुने फाइदा

jackfruitगर्मी मौसममा फल्ने फलफूल मध्ये कटहर पनि एक हो । यसलाई तरकारीको रुपमा पनि खाने गरिन्छ । कटहरको फल अन्य फलफूल भन्दा ठूलो आकारको हुन्छ । पाकेको फल निकै मिठो र बासनादार हुन्छ ।

यसको सेवनले शरीरलाई शक्ति प्रदान गर्नुका साथै रोगप्रतिरोधात्मक क्षमतामा बृद्धि ल्याउँछ । यसमा प्रशस्त मात्रामा प्रोटिन पाइन्छ । साथै यसको प्रयोगले त्वचा तथा छालालाई सुन्दर र गोरो बनाउन मद्दत गर्छ ।

प्रयोग गर्ने तरिका  :

१. पाकेको कटहरलाई पेस्ट बनाएर त्वचामा लगाउनाले त्वचामा गोरोपन ल्याउनमा मद्दत गर्नुका साथै त्वचालाई मुलायम र सुन्दर बनाउँछ ।

२. सुख्खा छाला भएका ब्यक्तिहरुले कटहरको पेस्ट बनाई अनुहारमा मसाज गर्ने र २० मिनेट पछि सफा पानीले धुने गर्नाले अनुहारमा गोरोपन ल्याउँछ ।

३. कटहरको पेस्टमा ठूलो चम्चाको एक चम्चा दूध मिसाइ बिस्तारै बिस्तारै अनुहारमा मसाज गर्ने र १० मिनेटपछि चिसो पानीले धुने गर्नाले अनुहारको चाउरीपना हटाउँछ ।

४. यसको पेस्ट अनुहारमा लगाउनाले अनुहारको दागहरु हटाउन मद्दत गर्छ जसले अनुहारमा चमक ल्याउँछ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *