तुलादानको रकम आँखा अस्पताललाई

स्याङजा – आफ्नो चौरासी पूजामा तुलादान गरेबापत उठेको रकम एक बृद्धले अस्पताललाई दान गरेका छन् । चापाकोटका बृद्ध समाजसेबी नारायण भट्टराईले आफ्नो चौरासी पूजाको तुलादान बापतको रकम २२ हजार दुई रुपैयाँ पाल्पा रामपुरस्थित कालीगण्डकी आँखा अस्पताललाई प्रदान गरेका हुन् ।

आँखाका विरामीलाईलाई सहज सेवा प्रदान होस भन्ने हेतुले आफूले प्राप्त रकम आँखा अस्पताललाई दान गरेको बताए । ८४ बर्षीय वृद्ध भट्टराई विभिन्न विद्यालयको व्यवस्थापन समिति, सामुदायिक वनको अध्यक्ष, सङ्घ संस्थामा आबद्ध रहेर समाजमा काम गर्दै आएका छन् ।

पाल्पाको रामपुर र स्याङजाको चापाकोट कालिगण्डकीले छुट्याएका वारीपारीका स्थान हुन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *