गत वर्षको भूकम्पमा नौ हजारको मृत्यु, साढे बाइस हजार गम्भीर घाइते

bhukampa

रामप्रसाद न्यौपाने / काठमाडौँ – अघिल्लो बर्षको १२ बैशाखमा आएको विनासकारी भूकम्पबाट ८ हजार ८९७ जनाको मृत्यु भएको थियो । सोही भूकम्पमा परी २२ हजार ३१० जना गम्भीर घाइते भएका थिए ।

भूकम्पको बर्ष दिन पुग्न लागेकै बखत विश्व स्वास्थ्य संगठनको सहयोगमा स्वस्थ्य तथा जनसंख्याले गरेको समिक्षा कार्यक्रममा उत्त जानकारी दिइएको हो ।

गतवर्षको भूकम्प र त्यसपछि गरिएको कार्यको विवरण प्रस्तुत गर्दै मन्त्रालयका चिकित्सासेवा महाशाखा प्रमुख डा. दीपेन्द्ररमण सिंहले भूकम्पमा घाइते भएका मध्ये १५ हजार बढी ट्रमा केश भएको , ३ हजार २२१ जनाको मेजेर अप्रेसन गरेको, ४ हजार बढीको माइनर अप्रेसन गर्नुपरेको बताए ।उनले भूकम्पमा घाइते भएका ४१ जनाको अंग नै काट्नुपर्ने अवस्था पुगी सोही अनुसार उपचार गरिएको बताए । 

गतवर्ष १२ बैशाखको विहान ११ ५६ मिनेट जाँदा गोर्खा जिल्लाको बारपाकलाई केन्द्रविन्दु बनाएर आएको ७.८ रेक्टरस्केलको भूकम्पले देशका १४ जिल्लालाई नराम्ररी प्रभाव पारेको थियो ।

डा. सिंहले भूकम्प गएको दिन शनिबार परेपनि एक घण्टा भित्र मन्त्रालयले इमेरजेन्सी हेल्थडेस्क सुरु गरेको बताए । उनले भूकम्प पछि ३६ देशका ११५ वटा विभिन्न संस्थाबाट १३७ वटा मेडिकल टिम नेपाल आएको बताए ।

जसमा १२ प्रतिशत सेनाको टोली थियो, १८ प्रतिशत सरकारी अधिकारी र बाँकि ७० प्रतिशत गैरसरकारी संस्थाबाट खटिएका मेडिकल टोली थिए ।

भूकम्प पछि ३६ देशका ११५ वटा विभिन्न संस्थाबाट १३७ वटा मेडिकल टिम नेपाल आएको बताए ।जसमा १२ प्रतिशत सेनाको टोली थियो, १८ प्रतिशत सरकारी अधिकारी र बाँकि ७० प्रतिशत गैरसरकारी संस्थाबाट खटिएका मेडिकल टोली थिए ।

त्यतिवेला घाइतेहरुको सहज उपचारका लागि काठमाडौँमा ६ वटा, धुलिखेल, पोखरा र भक्तपुरमा गरी ३ वटा मुख्य अस्पताल र विभिन्न जिल्लामा २० वटा अस्थायी अस्पताल निर्माणगरि उपचार सेवा दिइएको थियो ।

डा. सिंहका अनुसार सो बेलामा ५०८ जनालाई एयर लिफ्टिङ गरी अस्पतालसम्म पुरयाइएको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *