दाँतलाई चमकदार बनाउने उपाय

teeth

दाँतले मानिसको सुन्दरता तथा ब्यक्तित्व दर्साउँछ । त्यसैले दाँतलाई सधै स्वस्थ, सफा र सुन्दर गराई राख्नु आवश्यक हुन्छ । दाँतको चमक बढाउनका लागि बिभिन्न किसिमका खानेकुरा तथा फलफूलहरु खानु उत्तिकै जरुरी हुन्छ ।

१. स्याउ : स्याउलाई चपाएर खानाले दाँत सफा गर्न मद्दत गर्छ । स्याउमा प्रशस्त मात्रामा मौलिक एसिड पाइन्छ जसले अनुहारलाई समेत सफा बनाउन र दागहरु हटाउन सहयोग गर्छ ।

२. चीज : चीजमा क्यालिसयम, फस्फोरस जस्ता मिनरल्स हुन्छन् जसले दाँतको चमक बढाउनुका साथै दाँतलाई मजबुत बनाउन मद्दत गर्छ ।

३. किसमिस : किसमिसलाई दैनिक चपाउँदा दाँत सफा हुन्छ । यसले दाँतलाई ब्याक्टेरियाहरुबाट जोगाउनुका साथै दाँतमा दाग आउनबाट रोक्छ र मुखको दुर्गन्ध समेत हटाउन मद्दत गर्छ ।

४. ब्रोकाउली : ब्रोकाउलीमा प्रशस्त मात्रामा फाइबर पाइने हुनाले यसको सेवनले दाँतमा रहेको पहेँलो पनालाई हटाउँछ र दाँत सफा हुनुका साथै चमक पैदा गर्छ ।

 

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *