स्वास्थ्य समूहको सचिव बनाउन स्वास्थ्य मन्त्रीलाई ज्ञापन पत्र

DSC00467काठमाडौँ – स्वास्थ्य समूहबाटै सचिव बनाउनु पर्ने माग गर्दै नेपाल चिकित्सक संघले स्वास्थ्य मन्त्री रामजनम चौधरीको ध्यानाकर्षण गराएको छ । बुधबार दिउसो तीन बजे संघको नेतृत्वमा गएको प्रतिनिधी मण्डलले एक साता भित्र स्वास्थ्यको सचिव बनाउनुपर्ने भन्दै मन्त्रीको ध्यानाकर्षण गराएको हो । स्वास्थ्यमा हाल प्रशासन समूहका सचिव शान्तबादुर श्रेष्ठ छन् ।

ध्यानाकर्षण पत्र बुझाउन संघका अध्यक्ष डा. अञ्जनीकुमार झा, महासचिव डा. मुक्तिराम श्रेष्ठ सहितको टोली मन्त्री कार्यकक्षमा पुगेका थिए । त्यस्तै चिकित्सक समूहका प्रमुख विशेषज्ञहरु डा. सेनेन्द्रराज उप्रेती, डा. पदमबहादुर चन्द, डा. किरण रेग्मीको उपस्थिति थियो ।

स्वास्थ्य सेवा विभागका विभिन्न महाशाखाका निर्देशकहरु डा. रमेशकुमार खरेल, डा. भीम आचार्य, डा. राजेन्द्र पन्त लगायतका विशिष्ठ कर्मचारीहरु पनि उपस्थित थिए ।

DSC00469

ज्ञापन पत्र बुझाउदै संघका अध्यक्ष डा. अञ्जनीकुमार झाले स्वास्थ्य समूहको व्यक्तिलाई सचिव बनाउने प्रस्ताव मन्त्रिपरिषदमा लैजान एक साताको अल्टिमेटम दिए । उनले एक साता भित्र स्वास्थ्यको सचिव नभए अर्को साताबाट कडा आन्दोलनमा उत्रिने चेतावनी दिए ।संसोधित स्वास्थ्य ऐन तथा नियमावलीले स्वास्थ्य मा स्वास्थ्य समूहकै विशिष्ठ व्यक्ति सचिव बनाउनुपर्ने प्रावधान रहेको भन्दै सोही अनुसार गर्न आग्रह गरे ।

महासचिव डा. मुक्तिराम श्रेष्ठले अघिल्ला स्वास्थ्य मन्त्री खगराज अधिकारीले नियमविपरीत गैर स्वास्थ्यकर्मीलाई सचिवमा ल्याएको भन्दै स्वास्थ्य सेवा ऐनको दफा १९ बमोजिम सचिव बनाउन आग्रह गरे ।

जवाफमा मन्त्री चौधरीले प्रधानमन्त्री केपी ओलीसंग सल्लाह गरेर सचिवको बारेमा निर्णय लिने आश्वासन दिए । ‘सचिव बनाउने कुरा मेरो एक्लो प्रयासले हुँदैन प्रधानमन्त्री समेत कन्भिन्स हुनुपर्छ । म उहाँ ( प्रधानमन्त्री) संग सल्लाह गर्छु र तपाईँहरुलाई जानकारी दिनेछु ।’

DSC00470

संघका अध्यक्ष डा. झाले स्वास्थ्य सुधार गर्ने स्वास्थ्य मन्त्रीको दायित्व हुने भन्दै प्रधानमन्त्रीले के भन्नु हुन्छ भन्दा पनि आफैले पहल गरेर प्रधानमन्त्रीलाई समेत कन्भिन्स गर्नुपर्ने बताए । उनले अन्तमा जो जो संघ जे जस्तो सल्लाह गरेपनि नियम अनुसार स्वास्थ्यको सचिव तत्काल ल्याउनुपर्ने माग गरे ।

मन्त्रीलाई बुझाएको ज्ञापन पत्र यस्तो छ :

IMG_20160420_161231

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *