छालाको क्यान्सर उपचारमा नयाँ उपलब्धी

skin cancer

एजेन्सी – बैज्ञानिकहरुले क्यान्सर रोगको उपचारमा नयाँ र प्रभावकारी उपचार पद्धती पत्ता लगाएका छन् । उनीहरुको सो नयाँ पद्धतीले क्यान्सर रोगले ग्रस्त करीब एक चौथाई विरामीहरुको ट्युमर पूर्ण रुपमा हटेको छ ।

गत सोमबार अमेरिकामा आयोजित क्यान्सर कन्फ्रेन्समा सोको जानकारी दिइएको थियो । बैज्ञानिकहरुका अनुसार इपीलीमुमाब र निभोलुबभाव नामक औषधीको मिश्रण गरी नयाँ इन्यूनोथेरापी पद्धतीको विकास गरेका हुन् । यो पद्धतीले मेलानोमा भनिने छालाको क्यान्सरबाट गम्भीर अवस्थामा पुगेका विरामी समेत आयू लम्विन्छ ।

यो थेरापीको १४२ जनामा परीक्षण गरिएको थियो । जसमा गम्भीर अवस्थाका ६९ प्रतिशत बिरामी २ वर्ष सम्म बाँचेको पाइयो । जवकी यो अवस्थाका विरामीहरु केही महिनामै मर्ने गर्छन् । त्यसैगरी २२ प्रतिशत बिरामीहरुको भने ट्यूमर पूर्ण रुपमा ठीक भएको देखियो ।

सो नयाँ इन्यूनोथेरापी पद्धतिमा इपीलीमुमाब र निभोलुबभाब नामक औषधिको मिश्रण प्रयोग गरिएको थियो । यो दुबै औषधिले शरीरको प्रतिरक्षा प्रणालीलाई नै सक्रिय बनाई क्यान्सर बिरुद्ध लड्न प्रयोग गर्छ ।

परिक्षणका प्रमुख डाना फार्बर क्यान्सर इन्सीच्यूटका डा. स्टेफेन होडी भन्छन् “यो नतिजाले हामीलाई आश्चर्य चकित बनाएको छ । गम्भीर छालाको क्यान्सरबाट ग्रसित विरामी यसबाट लाभान्वीत हुनेछन् ।”

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *