मापदण्ड विपरीतका आयुर्वेदिक चिकित्सालयको दर्ता खारेज हुने

aayurbed-750

काठमाडौँ –  आयुर्वेद विभागले मापदण्ड विपरीत सञ्चालन भएका आयुर्वेद चिकित्सालयको दर्ता खारेज गर्ने भएको छ ।विभागमा दर्ता नभएका, जथाभावी विज्ञापन गरी भ्रम सिर्जना गरेका र पूर्वाधार नभएका उपचार केन्द्रलाई कारबाहीको तयारी गरेको हो ।

पल्छिल्लो समयमा बजारमा आयुर्वेदिक औषधी तथा उपाचारका नाममा कपाल झर्न रोक्ने, गाना गोला रोक्ने , सडकेको मर्केको निको पार्ने , अर्बुद रोग निको पार्ने भन्ने जस्ता भ्रामक प्रचार गरी सर्वसाधारणलाई ठग्दै आएका छन् ।

विभागका महानिर्देशक डा टेकराज पन्थीले त्यस्ता उपचार केन्द्रको अनुगमन सुरु गरिएको भन्दै नियमविपरीतका त्यस्ता संस्थालाई कारबाहीको दायरामा ल्याइने बताए ।

विभागले सामान्य क्लिनिक, पोलिक्लिनिक र अस्पताल सञ्चालनका लागि निश्चित पूर्वाधार तोकिदिएको छ ।विभागले पोलिक्लिनिक तथा अस्पताल सञ्चालनका लागि योग, प्रयोगशाला, एक्स–रे, होमियोपेथिक, अकुपंचरलगायतको व्यवस्था अनिवार्य गरेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *