पोलियो खोप परिवर्तन : बालबालिकालाई अब ‘ट्राइभ्यालेन्ट’को सट्टा ‘बाइभ्यालेन्ट’ खोप

byivelent poliyoकाठमाडौँ – सरकारले पोलियो खोप परिवर्तन गरेको छ । यसअघि खुवाउदै आएको ‘ट्राइभ्यालेन्ट ओरल’ खोप सट्टा आज देखी ‘बाइभ्यालेन्ट ओरल’ खोप सुरु गरेको हो ।

नेपाललाई पोलियोमुक्त देश बनाउने लक्ष्यका साथ यो खोपको सुरुवात गरिएको हो । स्वास्थ्य सेवा विभाग बाल स्वास्थ्य महाशाखाका निर्देशक डा. राजेन्द्र पन्तले बालबालिकाहरुलाई अहिले दिइदै आएको खोप प्रभावकारी नभएको भन्दै खोप परिवर्तन गरेको बताए ।

उनले पोलियो एन्टीजिन परिवर्तन भएको भन्दै ‘पी१’ ‘पी२’ र ‘पी३’ दिइदै आएकोमा अव ‘पी२’ लाई झिकेर ‘पी१’ र ‘पी३’ दिन लागिएको बताए ।पोलियो भाइरसको इन्टीजिन परीवर्तन भएकोले खोप परिवर्तन गरिएको उनको भनाई थियो ।

यो खोप पनि पहिले जस्तै एक बर्ष मुनिका साढे ६ लाख बालबालिकालाई मुखबाट खुवाइने गरिन्छ । निर्देशक डा. पन्तले ‘बाइभ्यालेन्ट’ खोप खुवाउने तयारीसँगै सबै जिल्लामा खोप पठाइसकिएको र यसअघि पठाइएका ‘ट्राइभ्यालेन्ट ओरल’ फिर्ता ल्याउन लागिएको बताए ।

खोप शाखाका प्रमुख मुकुन्दराज गौतमले पोलियो भाइरसको इन्टजिन परिवर्तन भएकोले खोपमा पनि परिवर्तन गरिएको बताए । उनले नेपाल सहित १५० मुलुकमा एकैपटक यो खोपको सुरुवात गरिने योजना अनुरुप आजदेखी खोपको सुभारम्भ गरिएको बताए ।

सरकारले पहिलो पटक आफैँले साढे चार अर्बमा करिब एक वर्षलाई पुग्ने २२ लाख मात्रा ‘बाइभ्यालेन्ट ओरल’ खोप खरिद गरेको छ ।

नेपालमा सन् २०१० देखि हालसम्म पोलियो शून्य अवस्थामा छ । विश्व स्वास्थ्य सङ्गठनले नेपाललाई सन् २०१४ मा पोलियो मुक्त प्रमाणपत्र प्रदान गरिसकेको छ ।

स्वास्थ्य सम्वन्धी विविध जानकारी अव तपाईँकै फेसबुकमा , त्यसका लागि हाम्रो फेसबुक पेजको यो लिंक https://www.facebook.com/nepalihealth/ मा गएर लाइक गर्नुपर्नेछ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *