नेपाल फार्मास्युटिकल्स एसोसिएसनको निर्वाचन १५ जेठमा

काठमाडौँ – नयाँ नेतृत्व चयन गर्न नेपाल फार्मास्युटिकल्स एसोसिएसनको कार्यकारिणी परिषदको निर्वाचन आगामी १५ जेठमा हुने भएको छ । एसोसिएसनले शुक्रबार निर्वाचन सम्वन्धी कार्यतालिका सार्वजनिक गर्दै तोकिएको समयमा सदस्यता आवेदन तथा नविकरण नेतृत्व चयन प्रक्रियामा सहभागी हुन् आवहान गरेको छ ।

कार्यतालिका अनुसार नयाँ सदस्यताको आवेदन तथा पुराना सदस्यताको नविकरण गर्ने मिति २४ बैशाख बेलुकी ६ बजे सम्म तोकिएको छ । कार्यकारिणी परिषदको लागि पदाधिकारी तथा सदस्यको उमेदवारी दर्ता गर्ने अवधी १७ बैशाख देखी ९ जेठ बेलुका ६ बजेसम्म तोकिएको छ ।

नामावली प्रकाशन १० जेठ बेलुका ६ बजेसम्म, नाम फिर्ता गर्ने समय ११ जेठ बेलुका ६ बजे सम्म, अन्तिम नामाबलि प्रकाशन १२ जेठ बेलुका ६ बजेसम्म हुने जनाइएको छ ।कार्यकारिणी परिषदको निर्वाचन १५ जेठ विहान १० बजेदेखी विश्रान्ती पार्टी प्यालेस सिनामंगलमा हुने जनाइएको छ ।

निर्वाचन समितिका सदस्य प्रदीप लम्सालले तोकिएको समयमा सदस्यता नलिए वा नविकरण नगरेका व्यक्ति मत दिन र साधारण समामा समेत भाग लिन नपाइने बताए । उनले सम्पूर्ण सदस्यलाई मतदाता कार्डको व्यवस्था गरेको भन्दै त्यो कार्ड लिएर मात्रै मतदान गर्न पाइने स्पष्ट पारे ।

यो एसोसिएसन औषधी उत्पादन, विश्लेषण तथा नियमनमा सम्लग्न प्राविधिकहरुको सबैभन्दा पुरानो संस्था हो ।

13020531_1775019429401430_1732756902_n

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *