आइसीसी विश्व क्रिकेट लिगमा बयोधा हस्पिटलको मेडिकल टिम

Vayodha Hospital Pvt. Ltd

काठमाडौँ – आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसीप अन्तर्गत शनिबार(भोली) र सोमबार हुने नेपाल र नामिवियाबीचको खेलमा मेडिकल व्यवस्थापनको जिम्मा बल्खुस्थित बयोधा हस्पिटलले पाएको छ ।

नेपाल क्रिकेटसंघ क्यान र हस्पिटलबीच केही दिन अघि भएको सम्झौता अनुसार खेल अवधीभर हस्पिटलले औषधी उपकरण सहित एमबीबीएस डाक्टरको नेतृत्वमा मेडिकल टीम र एम्बुलेन्स तयारी अवस्थामा राख्नेछ । अस्पतालबाट नजिकै रहेको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेलमैदानमा दुई देशबीचको प्रतियोगिता हुँदैछ ।

अस्पतालका सञ्चार अधिकृत प्रतिक शाक्यका अनुसार हस्पिटलले आज देखी नै सो सेवा उपलव्ध गराउन थालेको छ । आज दुबै देशका खेलाडीहरु त्रिवि खेलमैदानमा प्राक्टिस म्याच गरेका थिए ।

‘दुई दिन गेम हुँदैछ । त्यसका अलावा जति दिन प्राक्टिस म्याच हुन्छ । सो अवधीमा पनि हाम्रो मेडिकल टीम र एम्वुलेन्स तयारी अवस्थामा संगै रहेको हुन्छ,’ नेपाली हेल्थसंग शाक्यले भने, ‘खेलका क्रममा केही चोटपटक लाग्ने अवस्था भयो भने तत्काल उद्धार गरी त्यहि उपचार गर्ने र गम्भीर भएमा तत्काल अस्पताल पुरयाउने व्यवस्था रहेको छ ।’

नेपालले तीन वर्षपछि त्रिवि मैदानमा पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्न लागेको हो । सन् २०१३ को मार्चमा नेपालमा एसीसी ट्वान्टी ट्वान्टी क्रिकेट भएयता नेपालमा कुनै अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता भएका छैन ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *