स्वास्थ्यका लागि मज्जाले हाँस्नुस्

डा. भारत रावत, बरिष्ठ मुटुरोग विशेषज्ञ
डा. भारत रावत, बरिष्ठ मुटुरोग विशेषज्ञ

लोमा लिन्डा विश्वविद्यालय, क्यालिफोर्नियाका डा. ली वर्क र उनका अनुसन्धान सहयोगी डा. स्टानली टानले हासोबाट शरीरको प्रतिरक्षात्मक प्रणालीमा के कस्ता असरहरु पर्दछन् भनि अध्ययन गरिरहेका छन् ।

उनीहरुका आजसम्म प्रकाशित अध्ययन अनुसार हाँसोले रक्तचाप र तनाब बढाउने हार्मोनलाई घटाउछ र रोगको संक्रमणसंग लड्ने टी नामक रक्तकोषिकाको बृद्धि गराउनुका साथै रोगसंग लड्ने गामा इन्टरफेरन तथा विटा कोषिका जस्ता प्रोटिन बढाउछ् ।

हाँसोले शरीर भित्रैबाट निस्कने प्राकृतिक दुखाई क मगर्ने रस निकाल्न बल दिन्छ । यसले विरामीलाई स्वस्थ भएको महसुस हुन्छ ।

हाँसोले रोग प्रतिरोधात्मक प्रणालीलाई सक्रिय बनाउँछ :
डा. बर्कको अध्ययन अनुसार हाँसोले तनाव ल्याउँछ भन्ने पहिलेको सोचाईलाई विपरीत उन्मुक्त हाँसो हास्नु त्यो स्थति हो जसले स्वास्थ्य र सकारात्मक आवेग ल्याँउछ ।

हँसाउने र हाँस्ने क्रियाकलापमा सम्लग्न भएका व्यक्तिमा तिनीहरुको रोग प्रतिरोधात्मक प्रणाली बढी गतिशील हुन्छ र तिनीहरुको शरीर धेरै रोग तथा संक्रमणहरुसंग जुझ्न तयार रहन्छ भन्ने निस्कर्ष धेरै अनुसन्धानले निकालेका छन् ।

happy
हाँसोले तनाव ल्याउने हर्मोन कम गर्छ :

हाँसोले गर्दा रक्त कोशिकाहरुलाई साँघुरो बनाउने र संक्रमण रोक्ने गतिविधिलाई कमगर्ने तनाव प्रदायक हर्मोन घट्छ भन्ने कुराको पनि उक्त अध्ययनले समर्थन गरेको छ ।

उदाहरणका लागि हासोको अपेक्षा गरिरहेका र हासिरकेका मानिसमा परीक्षाको पुरै समयभित्र इपिनिेफारिन को स्तर घटेको पाइएको छ । यसका साथै डोपामीनको स्तर पनि घटेको पाइएको छ । शरीरमा रक्तचाप बढ्दा डोपामिनको मात्रा बढेको पाइन्छ ।

हाँसो एक प्रकारको शारीरिक कसरत ( एरोविक )हो । यसले शरीर भित्रको पेट र छाती मांसपेशीलाई काम गर्न लगाउनुका साथै शरीरको अक्सिजन प्रयोग गर्ने क्षमतालाई पनि बढाउछ ।

हाँसोले सकारात्मक आवेग जस्ता परम्परागत उपचार कार्यलाई बृद्धि गर्दछ । अत यो रोगसंग लड्नका लागि अर्को उपलव्ध एक औजार हो । उपचारको प्राकृतिक विधिका रुपमा हाँसोलार्य प्रयोग गरिएमा यसले दुखाईलाई कम गर्छ र चाँडो निको हुनलाई मद्धत गर्छ भन्ने विश्वास विषेशज्ञहरु गर्दछन् । जे भएपनि हाँसोले विरामीको ध्यान दुखाईबाट हटाउने काम गर्दछ ।

‘जर्नल अफ होलिस्टिक नर्सिङ’मा प्रकाशित एक अध्ययन अनुसार चिरफारको लगत्तै पछि र दुखाई कम हुने ओखती सेवन गराउनु अगाडी विरामीलाई एउटा बाक्य भनिएको थियो, उपचारको अंगका रुपमा हास्यको खुराकी मात्रा पाइएकोले भन्दा नपाउनेले दुखाँईको बढी अनुभव गरेका थिए ।

हाँसोको ठुलो फाइदा यो सित्तैमा पाइनु हो र यसबाट नकारात्मक असर नहुनु हो । त्यसैले जतिसुकै विरामी हुनुहुन्छ भने पनि तपाईँको सन्निकटमा बसेर कसैले ठट्टा गरयो भने उन्मुक्त हाँसो हास्नुहोस । दिनमा १० पटकको ठूलो स्वरले हाँसो गर्ने व्यक्ति जवान र स्वस्थ हुन्छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *