राजदूत शर्माको उपचार रियादस्थित किङ फैसाल अस्पतालमा

king faisal hospitalकाठमाडौँ – छुरा प्रहारपछि सक्त घाइते भएका साउदी अरबका लागि नेपालका राजदूत आनन्दप्रसाद शर्माको रियादस्थित किङ फैसाल अस्पताल उपचार भएको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार दूतावासमा शरण लिइरहेका एक नेपाली युवकले नै शर्मामाथि आक्रमण गरेका हुन् ।

आक्रमणकारीलाई साउदी प्रहरीले नियन्त्रणमा लिई आवश्यक कानुनी कारबाही अगाडि बढाएको छ । आकस्मिक कक्षमा उपचाररत शर्माको अवस्था भने अहिले खतरामुक्त रहेको मन्त्रालयले जनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *