आलुको बोक्रामा यति धेरै औषधीय गुण ?

potato peel

तपाईँलाई थाह छ कि छैन ? फलफुल, तरकारीका बोक्रामा भरिपूर्ण पोषण हुने हुँदा बोक्रा सहित खानु लाभदायी हुने विज्ञहरु बताउछन् । यो कुरा हाम्रो भान्छामा सबैभन्दा बढी प्रयोग हुने चीज आलुमा पनि प्रयोग हुन्छ । अत आलुमा के के फाइदा हुँदा रहेछन् हेरौँ है त :

१. यदि तपाईँ उच्च रक्तचापबाट पिडीत हुनुहुन्छ भने आजैबाट आलुको बोक्रा ताछ्न बन्द गर्नुस् । आलुको बोक्रामा हुने पोटासियमले रक्तनलीको भित्तालाई आराम दिइ रक्तचाप घटाउन मद्धत गर्छ ।

२. रक्तचापको लागि मात्रै नभइ यसमा पाइने पोटासियमले मेटाबोलिजम रेट राम्रो राख्न पनि मद्धत गर्छ । त्यसैगरी मांसपेशी खुम्चिने, तन्किने कार्य र स्नायु कोषको कामको लागि पनि पोटासियम महत्वपूर्ण हुन्छ ।

३. आइरनको कमीले हुने एनिमिया ( रक्तअल्पता) ठिक गर्न पनि आलुको बोक्रा नताछि खाने गर्नुस्, किनभने आलुको बोक्रामा प्रसस्त मात्रामा आइरन पाइन्छ ।

४. आलुको बोक्रामा पाइने अर्को महत्वपूर्ण तत्व नियासिन(भिटामिन B3) हो । नियासिनले शरीरको कार्बोहाइड्रेटलाई शक्तिमा परिणत गर्न मद्धत गर्छ । यतिमात्र नभई नयाँ कोष बन्न र सुरक्ष गर्न पनि नियासिन जरुरी हुन्छ ।

५. आलुको बोक्रामा प्रसस्त मात्रामा फाइबर हुन्छ । यसले कोलेस्टेरोल घटाउन मद्धत गर्छ । कब्जियत दुर गर्न, कोलोन क्यान्सर हुन नदिन मद्धत गर्छ ।

६. खानुको अलावा आलुको बोक्रालाई अन्य रुपमा पनि प्रयोग गर्न सकिन्छ । आलुको बोक्राबाट रस निकाली त्यसलाई शरीरको कालो धब्बाहरुमा लगाउनाले छालामा चमक ल्याउन मद्धत गर्छ ।

७.आँखा फुल्ने तथा आँखामा हुने डार्क सर्कल ( कालो धब्बा) हटाउन आलुको बोक्रा फाइदा जनक हुन्छ । यसका लागिआलुको बोक्रा छिलेर त्यसलाई आँखाको वरीपरि लगाउन सकिन्छ ।

८. आलुको ब्रोक्राले टाउकोमा मालिस गर्नाले कपाल नभएको भागमा पनि रौ उमार्न मद्धत मिल्छ ।

हाम्रा अरु धेरै सामग्री सहज रुपमा हेर्नका लागि लाइक गर्नुस् हाम्रो फेसबुक पेज यो लिंक https://www.facebook.com/nepalihealth/ मा गएर

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *